२०८३ साउन १२ मंगलबार

४० प्रतिशत निजी घरको पुनःनिर्माण कार्य जारी : प्राधिकरण

ई आर्थिक    मंगलबार, बैशाख १२ २०७४
4.9K
Shares
४० प्रतिशत निजी घरको पुनःनिर्माण कार्य जारी : प्राधिकरण

१२ चैत, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पु¥याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनःनिर्माण कार्य जारी रहेको जनाएको छ ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६ हजार ६९५ घर क्षति भएको सूची दर्ता भएको थियो । तीमध्ये ४० प्रतिशत घरधनीले घर पुनःनिर्माण सुरु गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आफ्ना कामका बारेमा जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ती जिल्लाका पाँच लाख ६२ हजार २७८ लाभग्राहीले अनुदानका लागि सम्झौता गरेका र तीमध्ये पाँच लाख ४३ हजार ६०६ लाभग्राहीले आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेको जानकारी दिइयो ।

यसैगरी दोस्रो किस्ता भुक्तानीका लागि ३४ हजार १९४ निवेदन परेकोमा १४ हजार ५५७ लाभग्राहीका घर प्रमाणितसमेत भएको र लाभग्राही आफैँले निर्माण गरेका घर १८ हजार ६३३ पुगेको जानकारी सो अवसरमा दिइयो ।

प्राधिकरणले अति प्रभावित १४ जिल्लाबाहेक प्रभावित १७ जिल्लामा ९० हजार लाभग्राही पहिचान गरी अनुदान सम्झौता सुरु भएको र अनुदान सम्झौता गरी पहिलो किस्ता वितरण कार्यलाई तीव्रता दिइएको पनि जनाएको छ ।

भूकम्पले काठमाडौँ उपत्यकाभित्र क्षति पु¥याएका ७५० सम्पदामध्ये बौद्धनाथ स्तूप, नागार्जुन नपास्थित जमाचो पार्टी, कीर्तिपुरको लोहदेग, इचंगुनारायण सत्तल, हनुमानढोका भित्रको नाट्येश्वर मन्दिर, तलेजु भवानी मन्दिर लगायतको निर्माण सम्पन्न भएको र पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र, स्वयम्भु क्षेत्र, पशुपति क्षेत्र र चाँगुनारायण परिसर पुनःनिर्माण जारी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्द पोखरेलले भूकम्पपीडितलाई सामूहिक रुपमा रु तीन लाख ऋण दिने कार्यविधि अर्थमन्त्रालयमा पुगेको र चाँडै कार्यान्वयनमा आउने जाकारी दिँदै अर्काे हप्तादेखि भूकम्पले क्षति पु¥याएका निजी घरका पुनःपरीक्षण गरिनेछ भन्नुभयो ।

प्राधिकरणले भूकम्प प्रभावित जिल्लाबाट आएका एक लाख ६२ हजार गुनासामध्ये एक लाख ४० हजारको फछ्र्याैट भइसकेको जनाएको छ । पुनःगुनासो आउनेक्रम नरोकिएपछि प्राधिकरणले क्षति भएका घरको पुनःपरीक्षण गर्न लागेको हो ।

आगलागी, बाढीपहिरोभन्दा फरक प्रकृतिको विपद् भूकम्प भएकाले यसले पु¥याएको क्षतिको पुनःनिर्माणमा समय लाग्ने स्पष्ट पार्दै कार्यकारी अधिकृत प्रा डा पोखरेले भन्नुभयो– ‘प्राधिकरणले घर बनाइदिने होइन, घर बनाउन सहजीकरण मात्र गर्ने हो ।’

उहाँले पुनःनिर्माणका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिम, स्थानीय स्रोतसाधन उपयोग गर्न प्राधिकरणले ध्यान दिएको जानकारी दिँदै यससम्बन्धी कार्यविधि सरलीकरण गरिँदै लगिएको पनि बताउनुभयो ।

कार्यकारी अधिकृत प्रा डा पोखरेलले भन्नुभयो, “पुनःनिर्माण त लर्निङ वाई डुइङ हो, आइपर्ने चुनौती समाधान गर्दै सिक्दै जाने विषय हुन् ।”

प्राधिकरणका प्रवक्ता एवम् सहसचिव यमनाथ भुसालले पुनःनिर्माणका लागि हालसम्म ५२ हजारलाई विभिन्न किसिमका तालिम प्रदान गरिसकिएको र यस कार्यमा २३ गैरसरकारी संस्थालाई सहभागी गराइएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार हालसम्म भूकम्पले क्षति पु¥याएका एक हजार ५९ विद्यालय, ९२९ स्वास्थ्य संस्था र पाँच हजार २३३ खानेपानी योजनाको पुनःनिर्माण द्रुतरुपमा भइराखेका छन् ।

सो अवसरमा प्राधिकरणका सहप्रवक्ता डा भीष्मकुमार भुसालले पुनःनिर्माणलाई सरलीकृत बनाउन प्राचीन स्मारक संरक्षण, जीर्णाेद्धारसम्बन्धी कार्यविधि २०७४, निजीआवास अनुदान कार्यविधि, २०७३ संशोधन, बस्ती स्थानान्तरण कार्यविधि २०७३ स्वीकृत, गैरसरकारी सस्था सञ्चालन कार्यविधि २०७२ संशोधन भएको जानकारी दिनुभयो ।

उहाँले नेपाली सेनाको जनशक्तिलाई क्षतिग्रस्त विद्यालयको भवन पुनःनिर्माणमा परिचालन गर्न तालिम प्रदान गरिएको, जोखिम बस्ती स्थानान्तरणका लागि आवश्यक कार्य सुरु गरिएको पनि बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij