२०८३ साउन ११ सोमबार

पाल्पामा जिप दुर्घटना हुँदा मालिकको मृत्यु, दुई जना घाइते

ई आर्थिक    आइतबार, बैशाख १० २०७४
4K
Shares
पाल्पामा जिप दुर्घटना हुँदा मालिकको मृत्यु, दुई जना घाइते

१० वैशाख, पाल्पा । रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर गाहा र निजका नौवर्षीय छोरा भूपेन्द्रलाई अहिले तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको मुझुुङ प्रहरी कार्यालयले जनाएको छ ।

रिब्दीकोटको पिपलडाँडाबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज १५८१ नंको सो जिप दुर्घटना भई डेढ सय मि तल खसेको मुझुुङ प्रहरी कार्यालयका प्रमुख गोपाल पुनले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij