३ वैशाख, काठमाडौं । लक्ष्मी बैंकले बैशाख ३ आज बाट शतप्रतिशत अर्थात एक बराबर एक हकप्रद सेयरको आवेदन बिक्री खुल्ला गरेको छ ।
बैंकले शतप्रतिशत हकप्रद प्रस्ताव गरेको दुई बर्षपछि तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद जारी गरेकोे हो ।
लक्ष्मी बैंकको हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ । बैकको सेयरमा चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले जेठ ७ गतेसम्म लक्ष्मी बैंक तथा सिद्धार्थ क्यापिटलबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।
हाल बैंकको चुक्ता पूँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ रहेको छ । सोही पूँजी बराबरको शतप्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८ दशमलव २९ प्रतिशत बोनस बाँडेपछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब रुपैँया नाघ्नेछ ।
गत आर्थिक वर्षको कमाईबाट हकप्रदले समेत पाउनेगरि १८.२९ प्रतिशत दिने भएको छ । यस अघि बैंकले प्रोफेशनल दियालोलाई गाभेर सोको पूँजी र हकप्रदलाई समायोजन नगरी ३८ प्रतिशत बोनस प्रस्ताव गरेकोमा त्यसलाई पनि गणना गर्दा १८ दशमलव २९ प्रतिशत बोनस हुने भएको हो ।