२०८३ कार्तिक १६ आइतबार

कृषि विकास बैंकले २० प्रतिशत बोनश शेयर दिने

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
6.6K
Shares
कृषि विकास बैंकले २० प्रतिशत बोनश शेयर दिने

३ वैशाख, काठमाडौं । कृषि विकास बैंकले शेयरधनीहरूलाई २० प्रतिशत बोनश शेयर दिने भएको छ । बैंकले आव २०७२-७३ को मुनाफाबाट उक्त बोनश शेयर तथा १ दशमलव ०५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने भएको हो ।

बैंकको बिहीवार सम्पन्न दशौं साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । नेपाल सरकारको अग्राधिकार शेयरमा समेत तोकिएबमोजिम ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव उक्त सभाबाट स्वीकृत भएको छ ।

उक्त बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी रू. १२ अर्ब ५२ करोड ३ लाख ९२ हजार हुने भएको छ भने साधारण चुक्तापूँजी रू. ७ अर्ब ८ करोड ७६ लाख ८० हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij