२०८३ भाद्र २९ सोमबार

मिति सारेर भए पनि एकै चरणमा चुनाव : वरिष्ठ नेता पौडेल

ई आर्थिक    आइतबार, बैशाख ३ २०७४
3.6K
Shares
मिति सारेर भए पनि एकै चरणमा चुनाव : वरिष्ठ नेता पौडेल

३ वैशाख, बागलुङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको चुनाव केही दिनपछि सारेर भए पनि एकै चरणमा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि चुनावको मिति सार्न सकिने सङ्केत गर्नुभएको हो । “बरु पाँच दिनपछि सारौँ तर चुनाव एकै चरणमा गर्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

दुई–दुई पटक संविधान संशोधन प्रस्ताव ल्याउँदा पनि मेधेसी मोर्चाले नयाँ–नयाँ माग थप्दै राजनीतिक अड्चन सिर्जना गरेको उहाँको आरोप थियो ।

“सरकारले मोर्चासँग सल्लाह गरेरै संशोधन प्रस्ताव ल्याएको हो”, नेता पौडेलले भन्नुभयो, “उहाँहरु प्रस्ताव ल्याएकै दिन आन्दोलन र चुनाव बहिष्कारको घोषणा गर्नुहुन्छ, मोर्चा कतै चुनाव हुन नदिने पक्षमा त छैन भन्ने आशङ्का उब्जेको छ ।” चुनावद्वारा मुलुकलाई अघि नबढाए मुलुक गम्भीर सङ्कटमा फस्ने उहाँको भनाइ छ ।

मधेसी मोर्चाका मागप्रति नेपाली काँगेस संवेदनशील रहेपनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच खुला छलफल हुनुपर्ने नेता पौडेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij