२०८३ साउन ११ सोमबार

विरगञ्जकाे शिवम् स्टिल उद्योगमा आगलागी, उद्योगमा भएकाे अागलागीवाट करोडौँको क्षति

ई आर्थिक    बुधबार, चैत्र ३० २०७३
5.5K
Shares
विरगञ्जकाे शिवम् स्टिल उद्योगमा आगलागी, उद्योगमा भएकाे अागलागीवाट करोडौँको क्षति

पर्सा, २९ चैत । वीरगन्जको आदर्शनगरस्थित शिवम् स्टिल उद्योगमा आगलागी  भएकाे छ । स्टिल उद्योगमा अागलागीवाट करोडौँको क्षति पुगेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित साे स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको हो ।

अपराह्न ३ः३० बजेबाट सुरु भएको आगलागी बेलुका ६ः३० बजेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलागीलाई वीरगन्ज उपमहानगरपालिको बारुणयन्त्रबाट नियन्त्रण हुन नसकेपछि बाराको सिमरा, कलैया, चन्द्रनिगाहपुर, मकवानपुर समेतबाट बारुणयन्त्र वीरगन्ज बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

आगलागीमा परी भएको क्षतिको यकीन विवरण आउन नसके पनि करोडौँको नोक्सान भएको प्रहरीले अनुमान गरेको छ । आगलागीमा परी कम्तीमा सात÷आठ करोडको नोक्सान भएको उद्योगका सञ्चालक राजकुमार गुप्ताले दाबी गर्नुभयो । उहाँले एक÷दुई दिन अगाडि भारतबाट उद्योगका लागि रु चार करोडको कच्चापदार्थ र तयारी भाडा आयात गरिएको जानकारी दिनुभयो ।

उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij