२०८३ साउन ११ सोमबार

भवानी राणा पछि महासंघको आगामी नेतृत्व गोल्छाको पोल्टामा, प्यानलमा पनि गोल्छाकै बर्चश्व, को–को भए विजयी ?

ई आर्थिक    बुधबार, चैत्र ३० २०७३
9.8K
Shares
भवानी राणा पछि महासंघको आगामी नेतृत्व गोल्छाको पोल्टामा, प्यानलमा पनि गोल्छाकै बर्चश्व, को–को भए विजयी ?

चैत २९ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी हुनुभएको छ । उहाँका अर्का प्रतिशपर्धी किशोर प्रधानलाई पछि पार्दै विजय हासिल हुनुभएको हो । शेखरले ६३.३० प्रतिशत मत ल्याउनुभएको थियो भने प्रधानले ३६.७० मत ल्याउनु भएको थियो । जिल्ला तथा नगरबाट ६१ मत प्राप्त भएको थियो भने बस्तुगत तर्फबाट ४७ मत ल्याउनुभएको थियो । त्यस्तै एसोसियट तथा द्विराष्ट्रियबाट गोल्छालाई ५०४ मत प्राप्त भएको थियो ।

गोल्छाका प्रतिस्पर्धी किशोर प्रधानले भने जिल्ला नगरबाट ४२ मत प्राप्त गर्नुभएको थियो भने बस्तुगततर्फवाट ५१ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै एसोसियट तथा द्विराष्ट्रियबाट प्रधानलाई १२३ मत मात्र प्राप्त भएको थियो ।

FNCCI kishor-shreshtha-and-shekhar-golchha

गोल्छाको यो विजयी यात्रासँगै भवानी राणा पछिको आगामी कार्यकालमा अध्यक्ष बन्ने पक्का भएको छ । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएपछि यसअघिकी बरिष्ठ अध्यक्ष भवानी राणा स्वतः अध्यक्ष भइसक्नुभएको छ । महासंघमा उहाँ पहिलाे अध्यक्ष हुनुहुन्छ । उहाँ अध्यक्ष भएसँग नेपाल उद्ाेग वाणिज्य महासंघकाे नयाँ  इतिहास रच्नु भएकाे छ ।

त्यसैगरी महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ किशोर प्रधान प्यानलका हुनुहुन्छ ।
७ मतले पछि पार्दै उमेश श्रेष्ठ विजय हुनुभएको हो । प्रमोद श्रेष्ठले ५५ मत ल्याउनुभएको थियो भने दिनेश श्रेष्ठले भने ४८ मत ल्याउनुभएको थियो ।

FNCCI Pramod Shrestha

महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका हुनुभएको छ । उहाँ किशोर प्रधान प्यानलका हुनुहुन्छ ।
त्यस्तै बस्तुगत तर्फको उपाध्यक्षमा शेखर गोल्छा समूहका उमेशलाल श्रेष्ठ विजयी हुनु भएको छ। उहाँले किशोरकुमार प्रधान समूहका शंकर पाण्डेयलाई पराजित गर्नुभएको थियो । विजयी हुनु भएका श्रेष्ठले कुल ४७ मत पाएका छ । उहाँका निकटतम प्रतिद्वन्दी पाण्डेयले ३८ मत पाउनुभएको थियो । अर्का उमेद्वार अनुप मल्लले ११ मत पाउनुभएको छ । खसेको मध्ये १ मत बदर भएको छ भने दुई मत भेटिएको थिएन।

FNCCI Umesh Shrestha

एसोसिएटको उपाध्यक्षमा गोल्छा समूहकै चन्द्रप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी कोही नभएकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको थियो ।

FNCCI Anjan Shrestha

त्यस्तै सदस्यहरुमा वस्तुगत तर्फको मत परिणाम अनुसार सवैभन्दा बढी अन्जन श्रेष्ठले ७३ मत ल्याएर विजयी हुनुभएको छ । वस्तुगतमा त्यस्तै सन्दिपकुमार अग्रवाल ७१, प्रकाशसिंह कार्की ६१, शकुन्तलाल हिराचन ६१, शिवप्रसाद घिमिरे ५९ र आकाश अधिकारीले ५६ मत ल्याएका
हुन् ।

Prakash Dai

त्यसैगरी कमला श्रेष्ठ ५२, जयप्रसाद शिवाकोटी ५१, तिलचन्द्र भट्टराई ५३, विनोद ढकाला ५५, सुरेन्द्रकुमार श्रेष्ठ ५१, हेमराज ढकालले ५१ मत ल्याउनु भएको हो । त्यसैगरी ५०–५० बराबरी मत ल्याउने चार जना मध्येबाट गोलाप्रथाद्वारा रविनकुमार श्रेष्ठ र सुनिलगोपाल श्रेष्ठ विजय हुनु हुनुभएको छ । नरेशलाल श्रेष्ठ र खेमराज पन्तको ५०–५० मत भएकाले उहाँहरुबीच गोला प्रथा गरिएको थियो ।
त्यस्तै प्रदेश नं. १ मा रोहित प्रसाद प्रसाई विजयी हुनुभएको छ । उहाँ इटहरी उद्योग वाणिज्य संघका तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो भने प्रदेश नं २ बाट बीरगञ्ज उद्योग बाणिज्य संघको तर्फबाट प्रतिनिधित्व गर्दै गणेशप्रसाद लाठले निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी प्रदेश नं. ३ बाट पनि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको प्रतिधित्व गर्दै कमलकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको थियो । प्रदेश नं. ४ बाट भने बागलुङ उद्योग बाणिज्य संघको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएका निर्माण कुमार श्रेष्ठ विजयी हुनु भएको छ । प्रदेश नं. ५ बाट भने उद्योग वाणिज्य संघ नवलपरासीको प्रतिनिधित्व गर्दै भीमबहादुर थापा क्षेत्री निर्विरोध निर्वाचित हुनुभएको छ ।

एसोसिएट तर्फबाट सदस्यमा ओमबहादुर राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधान, अशोककुमार तोदी, प्रवलजंग पाण्डे, गोपाल खनाल, सौरभ ज्योति, भरतराज आचार्य, विजयसिंह बैद्य, मंगलेशलाल श्रेष्ठ, आनन्दकुमार अग्रवाल बगरिया र शाहिल अग्रवाल विजय हुनुभएको छ । त्यसैगरी विजयी हुने अन्यमा रंजितराज आचार्य, सुनिलनारायण श्रेष्ठ, अशोककुमार टेमानी, राजेशकुमार अग्रवाल, रामशरण थपलिया, त्योत्सना श्रेष्ठ (सुब्बा), कृष्णप्रसाद दुलाल र मनिषकुमार अग्रवाल रहनुभएको छ ।

दुबै प्यानलमा शेखर गोल्छा प्यानल बहुमतमा विजयी भएका छन् । यसरी हेर्दा गोल्छा प्यानलका कोषाध्यक्षका उम्मेदवार ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्ष बन्ने निश्चित प्रायः भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij