२०८३ भाद्र २९ सोमबार

एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयार

ई आर्थिक    मंगलबार, चैत्र २९ २०७३
8.4K
Shares
एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयार

२९ चैत, सोलुखुम्बु । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् ।

सैँतीस वर्षीया अंशु जानसेन्पा आज आधार शिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिनुभयो ।

एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य रुट प्रयोग गर्नेछिन् । दुईपटक आरोहणका लागि उनले पर्यटन विभागमा दुईपटकका लागि २२ हजार डलर बुझाएर अनुमति लिइसकेको पर्यटन विभागको पर्वतारोही शाखाका प्रमुख लक्ष्मण शर्माले जानकारी दिनुभयो ।

ती भारतीय महिलाका साथै यसपालि विभिन्नखालका कीर्तिमान राख्ने प्रस्तावसहित निवेदन आएको शाखाले जनाएको छ । एउटा भारतीय टोलीले बिना अक्सिजन सगरमाथा चढ्ने भनेर निवेदन आएको छ भने नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिइसक्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij