अथाह प्राकृतिक श्रोत सम्पदाले भरिपूर्ण नेपालको एक नम्वर प्रदेश क्षेत्रको पश्चिमी भुभागमा पर्ने वर्तमानको उदयपुर जिल्ला आफैमा प्राकृतिक श्रोत सम्पदाले परिपुर्ण छ । यहाको जैविक विविधताको संरक्षण सम्वर्धन र समुचित उपयोग गर्न सके यस क्षेत्रको सम्मृद्धि संगै कतै कही संगै तुलना गर्न सकिदैन । यसो भनिरहदा सप्तकोशीको जलभण्डारको जलसम्पदालाई आफ्नो हितमा उपयोग गर्ने गरी छिमेकीले उच्च बाँधकाको नामवाट सारिएको प्रस्ताव नेपालीहरुको हितमा भन्दापनि छिमेकी भारतकै हित अनुकुल हो की भन्ने लाग्छ । यसमा कँही पुनर्विचारको आवश्यकता पर्ला कि जल प्रवाह भित्रको अर्को बैभव कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रको स्थापना पनि हो । ईको टुरिज्मको हैशियतले यो क्षेत्र असाध्यै फलदायी राष्ट्रिय अन्तराष्ट्रिय जगतको आकर्षणको केन्द्र विन्दुको रुपमा प्रचार भएमा अर्थ आर्जन गर्न सक्ने संभावना रहेको क्षेत्र पनि भएकोले यसको विकासमा लाग्नु पर्ने आवश्यक्ता छ ।
उत्तर तर्फ रहेको महाभारतीय पर्वत श्रृंखला र दक्षिण तर्फ रहेको चुरे पर्वत श्रृखलाको जैविक विविधता र भूगोल भित्र दिगो विकासका प्रचुर सम्भावना लुकेर रहेका छन् । प्राकृतिक रुपमा प्राप्त गर्न सकिने जडीवुटी जन्य वस्तुहरु महँगा वस्त्र निर्माण गर्न सकिने अल्लो, वनस्पती ध्यू उत्पादन गर्न सकिने चीउरी सिस्नो तितेपाती संरक्षण एवं प्रशोधन गर्न सके मात्र पनि दीगो विकासको खाका कोर्न सकिने संभावना रहेको छ । चुरे पर्वत क्षेत्र भित्र रहेको पानीका मुहानहरुको उपयोग गर्न सक्दा र आवदी तिर बालुवा भर्ने खहरेहरुको वालुवालाई खहरे कै सीर तर्फ रोक्न सक्दा प्राप्त हुन सक्ने हजारौ विगाह उर्वर जमिनवाट सुकुम्वासी व्यवस्थापन वस्ति विकासका कार्य गरी दीगो लाभ लिन सकिने अवस्था छ ।
कृषहरुले उत्पादान गरेको वस्तुहरु हाटवजारको माध्याम बाट खरिद विक्री गरिने केन्द्रहरु यस जिल्लामा साना तथा ठुला बजारहरु तथा व्यापार केन्द्रहरु रहेता पनि कृषि व्यवसायलाई व्यावसायीक वनाई वढी उत्पादन मुखी वनाउन सकिएको अवस्था छैन भने अर्को तर्फ कृषि जन्य उद्योगहरु स्थापना हुन सकेको अवस्था छैन । दुध, फलफुल , तरकारी जस्ता वस्तुहरुको भन्डारण तथा वितरण गर्न चिस्यान केन्द्रहरु वजार क्षेत्रहरुमा स्थापनाका साथै कृषिजन्य उद्योगहरु स्थापना गर्न सक्दा दिगो आय आर्जनको संभावना पर्याप्त देखिन्छ । यस जिल्लाको जिल्लाका प्रमुख सहर तथा साना बजार क्षेत्रलाइ औद्योगिक शहर वा प्रशोधन केन्द्रकोरुपमा विकास गर्न सकिन्छ । यसभित्र अचार जन्य दुधजन्य मसलाजन्य वडिवुटीजन्य वस्तुहरु उत्पादन केन्द्र स्थापना गर्न सकिन्छ ।
शिक्षा यस क्षेत्रमा प्राविधिक शिक्षालयहरुको स्थापना सुरुवात गरीएको छ । उ.मा.वि. अमसालले कम्प्यूटरमा, ना.उ.मा.वि. बसाहले ईन्जिजिनिएरीङ्ग विधाको र उच्च मा. वि. कटारीमा संचालन भएजस्तै जिल्लाका अन्य शैक्षिक संस्थाहरुमा पनि प्राविधीक जनशक्ति उत्पादन कार्यको निमित्त व्यवसायीक विद्यालयहरुको थालनी गर्नुपर्ने देखिन्छ । त्यसै गरी सम्भव्यताको आधारमा स्थापनाका साथ प्राविधिक शिक्षाको थालनी गरी दक्ष जनशक्ति निर्माण गरेर स्वदेश तथा विदेशमा रोजगारीको सृजना गर्ने वातावरण वनाउनु पर्छ । कृषि क्षेत्रमा निर्भर रहने अत्याधिक कृषक हरुलाई उच्च शिक्षा सहज र सुलभ वनाउन यस जिल्लामा कृषि विश्वविद्यालयको स्थापना गर्न प्रयास गरीनु पर्छ । यस जिल्लामा कुनै पनि सरकारी क्याम्पस नभएकोले बेल्टार, कटारी र गाईघाट केन्द्रमा एक एक वटा सरकारी लगानीका प्राबिधिक महाबिद्यालय र सदरमुकाम गाइघाटमा एकवटा सरकारी बहुमुखी क्याम्पस स्थापना गर्नु पर्ने देखिन्छ्र यसो हुन सके यस क्षेत्रका सर्बसाधारण को उच्च शिक्षामा सहज पहुच पुग्ने थियो ।

वातावरण : दिन परदिन हरियाली मसिदै गएको छ यो या त प्राकृतिक प्रकोप वाढी, पहिरोका कारण होस वा मानवजगतले दोहन गरेका कारण होस क्षति दिनानुदिन वढ्दै गएको छ । यसको संरक्षण सम्द्र्धन आवश्यक छ । खोला खहरेका किनाराहरुमा उम्रेको काँस कुशको जगेर्नाका साथ वृक्षारोपण कार्यलाई सवै सरोकार वालाहरुको चासो वृद्धि गरी वृहत्तर कार्यक्रम निर्माण गरिनु पर्छ । एक घर एक वायोग्यास प्लान्ट, डढेलो नियन्त्रण अनियन्त्रीत चरीचरण नियन्त्रण कृषक र पशुपालकहरुले डाले घास र भुई घासको उत्पादन आफ्नै खेतवारीमा लागउने गरी प्रोत्साहित गर्न सके भावि पुस्तालाई समेत हरित भूमिको रुपमा जोगाउन सकिने अवस्था छ । यस्त हडिया गाविस भित्र बहने खहरे तथा त्रियुगा नदीका दुबै किनारा को प्रति बाझो जगामा वृक्षारोपन गर्ने योजना गाविस परिषदबाट पास गरिएको छ, जसबाट जलवायु परिवर्तनको असर न्युनिकरण गर्नकासाथै वातावरणीय पतिकुलता घटाउन सकिन्छ । यसै गरी जिल्ला भरीका ककरु, वैजनाथ, तावा लगाएत अन्य उत्तर तथा दक्षीण तर्फ वहेका खहरे तथा खोलाहरुमा माथी उल्लेख भएजस्तै खुल्ला चरीचरण वन्द तथा कासकुस जोगाउन र वृक्षारोपण जोगाउन सके वातावरणलाई अनुकुल वनाउन सकिने र जल वायू परिवर्तनको असर लाई न्यूनीकरण गर्न सकिने छ ।
कृषि : कृषि कर्य भन्नासाथ खाद्यान्न दलहन तेलहन वाली उव्जने भन्ने नाम वाट मात्र चिनिन्छ खेत वारी स“गै संवन्धित रहेर उब्जाउने वाली जडीवुटी होस , पशुखाद्ययका निमित्त उव्जाईने वस्तु होस ईन्धन जन्य वस्तु उत्पानदन गर्ने सबै कृषि कर्म गर्नेलाई कृषकको परिभाषा राखेर प्रोत्साहित गरिनु पर्छ र अत्याधिक उत्पादन प्रणालीमा जोड दिनु पर्छ । उत्पादनले मानव तथा पशु स्वास्थमा असर नगर्ने (जैविक विधी) मा लाग्ने वातावरण निर्माण गरिनुपर्छ ।
महाभारतीय पर्वत श्रृंखलाको उत्तर र दक्षिण तर्फ रहेकोे कृषि योग्य भुमिमा नास्पति, कागति, जुनार र दलहन तर्फ कालोमास, मस्याम, गहत, जडीवुटीको क्षेत्रमा अदुवा, वेसार, सिस्नो, अशोगन्धा, अमला, हर्रो बर्रो, तेजपात, वनस्पति घ्यू निर्माणको निमित्त चिउरी खेती जस्ता कृषि कर्म र पशुपालन तर्फ बाख्रा, बंगुर स्थानीय तथा नश्ल सुधार सहितका सानाखाले गाईहरु पालनको प्रचुर सम्भावना रहेको छ । सवै खोल्सी तथा पाखाहरुमा अम्लिसो खेतीको संंभावना रहेको यसक्षेत्रमा मौसम अनुकुलका उक्त उल्लेखित कृषि प्रणाली लागु हुनुपर्छ । उपत्यका भित्रका उर्वर जमिनहरु ककरु, तावा, वैजनाथ र त्रियूगा तथा अन्य खोलाका किनारहरुमा कृषिको उर्वर क्षेत्र रहेको ह“ुदा खाद्यान्न दलहन, तेलहन वालीलाई व्यवसायिक खेतीको उत्पादनमा कृषकहरुलाई चक्लावन्दि तथा सामुहिक खेति प्रणालिका लागि उत्प्रेरित गरिनु पर्छ भने व्यवसायिक पशुपालन तर्फ उन्नत नश्लका गाई भैसीहरु पालनलाई व्यवसायीकीकरण गरी दुध र मासु उत्पादनका लागि प्रोत्साहित गरिनु पर्छ यसरी गरी मत्स्यपालनका लागि खोला तथा नदिहरुमा अस्थायी तथा स्थायी रुपमा मौषमी तथा वेमौषमी मत्स्यपालन तथा साना गोही तथा कछुवा पालनका पर्यप्त सम्भावन रहेका छन यस्तै जलाशयहरु निर्माण गरी माथी उल्लेखित कार्यहरु गर्न सकिने छन् । कृषक तथा पशुपालकलाई प्रोत्साहित गर्ने अनुकूल वातावरण वनाईनु पर्छ । चुरे र महाभारत क्षेत्र वाट वहने खहरे खोला तथा त्रियूगा नदीका किनारामा वर्षाकाल समाप्त भए लगत्तै वगर खेती अभियानको शुरुवात गर्ने वातावरण वनाउन सक्दा कृषक आत्मनिर्भर बन्ने अक्सर प्राप्त हुनेमा शंका रहन्न ।
पर्यटन : यस जिल्लामा पर्यटकीय स्थलको रुपमा विकसित गर्न सकिने अथाह संभावना छ । कोसीको जलभन्डार क्षेत्र होस वन्यजन्तु आरक्षण केन्द्र होस मैया रानी मन्दीर (मैनामैनी मन्दिर) होस् । टंकेला गुफा ववला होस चौन्डीगडी दरवार क्षेत्र होस वा भिमसेन थान हडिया होस या राजाजी थान होस गिद्धगया सितलपाटी जोगिदह होस । यी जिल्लाको पत्ताले छागो, तप्ली पोखरी वेतिनी भन्जाङ, सुनापातल, माझखर्क, वाहरा गा.वि.स. मा रहेको बारह पोखरी, नर्कटे तलाउ उदयपुरगढी, रौता पोखरी, ककनी आन्तरीक तथा वाह्य पर्यटकहरुका लागि आकर्षणका केन्द्रहरु वन्न सक्ने छन् । ठूला जलासयहरु कोशी वहाव क्षेत्र भित्र पर्छन भने ¥याफ्टी¨ र डुंगा शयरको निमित्त यो उर्बर क्षेत्र हो भन्दा फरक पर्दैन । विष्णुपादुका वाराह क्षेत्र सुन्सरी मैयारानी मन्दिर मैनामैनीमा केवलकार मार्ग जडान गर्नसके मनकामना र चन्द्रागिरीको मनोरम दृश्य यहाँ सार्न सकिने संभावना छ । यसरी नै कौवाखोज बेल्टार, रक्सादह हडिया यस्तै अन्य ठाउको संभावनाहरुको अध्ययन तथा स्तरोन्नति गरी वनभोजस्थल पार्कहरु निर्माणका साथ होम स्टेहरु संचालन गर्न सकिेन छ ।
यातायात : यस जिल्लामा यातायातको असाध्यै सुगमता वढेर गएको छ । मध्य पहाडी लोकमार्गको चतरा देखी घूर्मि सम्मको ट्राक खोल्नुपर्ने उत्तर दक्षीण तर्फका सडकहरुमा कटारी, रुपाटार, मुर्कुचि रसुवा, गाइघाट दिक्तेल सडकको रसुवासम्म बेल्टार छुइला तथा साउने सडक बसाहा चौदण्डी रानीटार सडक मैनामैनी माचौंङटार भोजपुर सडकको ट्र्याक खोल्ने तथा सडक स्तरोन्नती गर्न सके जिल्ला सुगम यातायाको सम्भावना वढेर जाने सम्भावना छ । वैकल्पिक राजमार्ग भित्री मधेश तराईसंगै जोडिने पुर्व पश्चिम राजमार्ग यी राजमार्गहरु भित्र रहेका उत्तरदक्षिण जोडिने सहायक मार्गहरुको स्तरोन्नती भएमा मात्र पनि यातायातको पुर्णरुपले विकास भएको महसुस हुने भएको हुँदा यसतर्फ सरकार तथा स्थानीय योजनाकारहरुले अग्रसरता लिनुपर्ने टड्कारो आवश्यकता छ ।
सिचाई : ठूलो परियोजनाको रुपमा कमला डाइभर्सन वाहेक अन्य विकल्प नदेखिने भएता पनि भावि दिनमा कोशीमा सुरुङ्गमार्फत सिंचाईलाई व्यवस्थित गर्न सकिने सम्भावनाको खोजी आवश्यक छ । त्रियूगा नदी यस्तै वाह्रमास वग्ने खोलाहरुको पानीलाई भण्डारण गरी सिंचाईको व्यवस्था गर्न सकिने संभावना छ । तावा, ककरु, वैजनाथ करीडर भित्र रहेका र चुरेवाट वग्ने खहरेहरुको पानीलाई जलाशय निर्माणका साथ पानि सञ्चय गरी सिचाइ सुविधाहरु उपलव्ध गराउन सकिने छन् ।
विद्युतिकरण तथा उर्जा : तावा, ककरु, वैजनाथ यस्तै माहाभारतवाट उत्तर तर्फ बग्ने राकुला यारी रसुवा सोरङ खोलाहरु जस्ता लघु विधुत संचालन गरी उर्जा संकट गर्ने सम्भावना छ । पर्याप्त पानी वग्ने खोलाहरु नभएता पनि मैनामैनीको कोसाभो ठोक्सीलाको मूतिया र यस्तै बाह्रमास बग्ने पानीको श्रोतलाई जलाशय निर्माण गरी लघु विद्युत उत्तर तथा दक्षिणपर्वत मालाबाट बहने खहरेमा जलाशय निर्माण गरी लघु विद्युत उत्पादन गर्न सकिने संभावना पर्याप्त रहेको छ । सिद्धिपुरको वर पिपल डाडामा स्वचालित पंखा जडान गरेर विद्युत निकाल्न सकिने सम्भाव्यता अध्ययन गर्न सकिने अवस्था छ ।
स्वास्थ मानव जगतको न्यूनतम आधारभुत आवश्यकता भित्र पर्ने स्वास्थ क्षेत्रलाई सर्व सुलभ र सहज वनाउन गाउपालिका नगर पालिकाका सबै वडाहरुमा स्तरीय सेवाको निम्ति स्वास्थ उपकेन्द्रहरु र गाउपालीका तथा नगरपालीकाका सदरमुकाम क्षेत्रमा सुविधा सम्पन्न अस्पताल स्थापना तथा यस जिल्लाको कटारी गाइघाट वेल्टार जस्ता व्यापारीक केन्द्रमा १०० वेढ भन्दा माथिका सुविधा सम्पन्न अस्पताहरुको आवश्वयकता रहेको छ ।
उद्योग : कृषिजन्य उद्योगहरु ठूला सहरहरुमा चिस्यान केन्द्रहरु र कटारी क्षेत्रमा पाइने चुन ढुङगाहरु सिद्धिपुरमा पाइने चुन ढुङगाहरुको उत्खनन् वाट पाइनै ढुङगावाट जिल्ला भित्रै उद्योग स्थापना गर्ने सम्भावना छ । महाभारतिय क्षेत्रमा पाइने फलाम खानी सिद्धिपुरमा यदाकदा भेटीने लोडस्टोन (प्रकृतिक चुम्वक) र कोइला तथा अन्य खानीहरुको खोज अनुसन्धान पछि उद्योग स्थापना गर्ने सम्भावना छ ।
गुणस्तरीय शिक्षाको निमित नेपालको वर्तमान परिवेशमा शिक्षाका दुई भिन्न पाटाहरु सामुदायिक र संस्थागत विद्ययालयमा वर्गिकरण भएको महशुस हुन्छ । हुने खाने र अर्थ आर्जन गर्नेहरुले संस्थागत विद्यालयहरुमा महंगो शिक्षा दिने र हुँदा खानेहरुको मात्र सामुदायीक शिक्षामा पहुँच भएको हुँदा सवै राजनितिक दलका प्रमुखहरु शिक्षक कर्मचारीहरु विद्यालय व्यावस्थापन समितिका पदाधिकारीहरु अग्रज नेताहरु सवैले सामुदायीक विद्यालयहरुमा विद्यार्थी अध्यापन गराउन सक्ने वातावरण निर्माण गर्न सके गुणस्तरीय शिक्षामा सुधारहुन सक्ने संभावना रहेको पाईन्छ ।
त्रियूगा जलाधार क्षेत्र संरक्षण त्रियूगा जलाधार क्षेत्र संरक्षणको थालनी भएको सहर्स जानकारी गराउदै त्रियूगा नदी र यसका साहायक खहरे तथा खोलाहरु को किनारामा जैविक वाधको रुपमा कास कुस र प्राकृतिक रुपमा उम्रेका विरुवाहरुको संरक्षण र बृक्षारोपणका कार्यक्रमहरु त्रि.न.पा. ६ र जोगिदह गाविस पुरै हडियामा थालनी भएको छ । त्यसैगरी यो क्षेत्र भरी नै यस किसिमका कार्यक्रमहरु पु¥याउन सवै सरोकार समुहसँग अनुरोध गर्दै हरितभुमि (ग्रिनल्यान्ड) वनाउने योजनामा सवैको सहभागिताको महसुुस गरीएको छ ।
(चौदण्डिगडी न.पा.–१०, हडियाका कार्की राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ उदयपुर जिल्लाकै बौद्धिक व्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्छ । उदयपुर जिल्लाको सन्दर्भमा उहाँले तयार पार्नु भएको लेख । )