२०८३ कार्तिक १७ सोमबार

वीरगन्जमा पुन सेयर किनबेच शुरु, पहिलो दिन डेढ करोडको कारोबार

ई आर्थिक    आइतबार, चैत्र २७ २०७३
5.3K
Shares
वीरगन्जमा पुन सेयर किनबेच शुरु, पहिलो दिन डेढ करोडको कारोबार

२७ चैत, वीरगन्ज । आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा पुनः शेयर खरिद बिक्री केन्द्र सञ्चालनमा आएपछि वीरगन्जका सेयरधनीहरुले अब वीरगन्जबाटै शेयर कारोबार गर्न पाउने भएका छन् ।

प्राइमो सेक्युरिटिज कम्पनी प्रालिले सेयर कारोबार गर्ने केन्द्र वीरगन्जमा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय सेयर कारोबारमा उद्योगी, व्यवसायी मात्र नभई सर्वसाधारणको समेत आकर्षण बढ्दै गएकोले वीरगन्जमा स्थापना भएको शेयर खरिद विक्री केन्द्रले पहिलो दिनमै एक करोड ५० लाखको कारोबार गरेको कम्पनीले जनाएको छ ।

सेयर खरिद विक्री केन्द्रको वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा र सङ्घका सदस्य तथा युवा व्यवसायी नवनीत अग्रवालले संयुक्त रूपमा बिहीबार उद्घाटन गर्नुभयो ।

फोनका आधारमा कारोबार गर्न बाध्य भएका शेयर धनीहरुले वीरगन्जमै विक्री केन्द्र खुलेपछि अब सेयर खरिद विक्री सहज हुने बताएका छन् ।

यसअघि अब ब्रोकर नम्बर २२ रहेको सिप्रवी सेक्युरिटिज कम्पनीले सेयर खरिद विक्री केन्द्र सञ्चालनमा ल्याएको थियो । त्यस बेला सेयर बजार मन्दी भएका कारणले बन्द गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij