२०८३ साउन ११ सोमबार

भोट कसलाई ? टेलिफोन टावर बनाउनेलाई !

ई आर्थिक    शुक्रबार, चैत्र २५ २०७३
7.1K
Shares
भोट कसलाई ? टेलिफोन टावर बनाउनेलाई !

२५ चैत, जाजरकोट । साविकको राम्दा–४, रोलीका नरबहादुर ध्यार स्थानीय तहको पुनर्संरचनापछि नगरवासी भएका छन् । अहिले उनी त्रिवेणी नलगाड नगरपालिकाका स्थायीबासिन्दा हुन तर उनको गाउँमा न बिजुली छ न त सञ्चार सुविधा नै । जाजरकोट–डोल्पा बाटोले गाउँलाई छाएको भए पनि नियमित र भरपर्दो यातायात सेवा सञ्चालनमा छैन ।

‘गाउँमा टेलिफोनको टावर नहुँदा फोनले काम गर्दैन । टेलिफोन गर्न चार घन्टा पैदल हिँडेर रुकुमको राडीबजार जानुपर्छ,।’ ध्यारले भने, ‘त्यसैले हाम्रो समस्या बुझ्ने र तत्काल टेलिफोनको टावर बनाउन पहल गरिदिने नेता र पार्टीलाई भोट दिन्छौं ।’

जिल्लाको त्रिवेणी, नलगाड नगपालिकाका राम्दा, रोली, चौखा गाउँमा न टेलिफोनले काम गर्छ न त आमसञ्चारका कुनै साधनले काम गर्छन् । पत्रपत्रिकाका त कुरै छाडौं, ती गाउँमा रेडियोसमेत सुनिँदैन । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij