२४ चैत, काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार ५.९८ अंकको गिरावटसँगै १६५१.०४ अंकमा पुगेर बन्द भएको छ ।
बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहका सूचक क्रमशः ५.६६, ५१.७२, १५.३८, २०.६४ र १.४५ अंकले घट्दा बीमा १५.९२ अंकले बढेको छ भने उत्पादनमूलक र अन्य समूह स्थिर छन् ।
दिनभरिमा १४३ वटा कम्पनीको २३ लाख ३७ हजार चार सय १३ कित्ता सेयर नौ हजार ८० पटक खरिदविक्री हुँदा एक अर्ब ४१ करोड २४ लाख ६२ हजार दुई सय ९७ रुपैयाँको कारोबार भएको छ ।