२०८३ भाद्र २७ शनिबार

मन्त्रीले निजी सवारीसाधनमा चढेर मात्रै दलको कार्यक्रममा जान पाउने

ई आर्थिक    बिहिबार, चैत्र २४ २०७३
3.6K
Shares
मन्त्रीले निजी सवारीसाधनमा चढेर मात्रै दलको कार्यक्रममा जान पाउने

२४ चैत, काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सहजता होस् भन्ने उद्देश्यले निर्वाचन आचारसंहिता पालना सम्बन्धमा थप नीतिगत निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्म मात्र जान पाउने व्यवस्था गरेकामा पछिल्लो निर्णयले त्यसलाई केही हदसम्म खुकुलो र सहज तुल्याएको छ । आचारसंहिता पालनासम्बन्धी नीतिगत निर्णयलाई थप प्रभावकारी तुल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले सरकारका मन्त्रीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि कुनैपनि राजनीतिक कार्यक्रममा भाग लिन नपाउने गरी अर्काे नीतिगत निर्णय पनि गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले आगामी वैशाख १६ गते उम्मेदारी दिने तथा आयोगले उम्मेदवारलाई वैशाख १९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यसले आचारसंहिता पालना थप प्रभावकारी हुने आयोगले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij