२०८३ साउन १० आइतबार

भारतलाई चीनको कडा चेतावनी – ‘यसपाली नजरअन्दाज गरे राम्रो हुनेछैन’

ई आर्थिक    बिहिबार, चैत्र २४ २०७३
10.6K
Shares
भारतलाई चीनको कडा चेतावनी – ‘यसपाली नजरअन्दाज गरे राम्रो हुनेछैन’

२४ चैत, काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाको भारतको अरुणाञ्चल भ्रमणबाट चीन रुष्ट बनेको छ । चीनले भारतले लामालाई भ्रमण गर्न दिएकोमा आपत्ति जनाउँदै यसबाट कसैलाई पनि फाइदा नहुने चेतावनी दिएको छ ।

चीनले भनेको छ, ‘भारतले यो भ्रमणमा स्वीकृति दिनु हुने थिएन र यसबाट भारतलाई कुनै फाइदा हुनेछैन ।’ उसले भनेको छ, ‘तिब्बती धर्मगुरुलाई भारत–चीन सीमाका विवादित क्षेत्र जाने स्वीकृति दिनुले दुवै देशबीचको सम्बन्धमा गम्भीर असर पु¥याउनेछ ।’

भारतले भने दलाई लामाको भ्रमण पूर्ण रुपमा धार्मिक भएको भन्दै बचाउ गर्दैै आएको छ । गृहराज्यमन्त्री किरण रिजिजुले ट्विट गर्दै भनेका छन्, ‘भारत एक स्वतन्त्र लोकतान्त्रिक देश हो र धार्मिक नेतामाथि कुनै रोक लाग्दैन । म चीनसँग अपिल गर्दछु कि दलाई लामाको अरुणान्चल यात्रालाई राजनीतिक रुपमा नलिनुहोस् ।’

उनले अर्को ट्विटमा अरुणाञ्चल विवादित प्रदेश नभएको पनि दाबी गरेका छन् । अरुणाञ्चल प्रदेशमा जनताहरु शान्ति प्रेमी भारतीय भएको भन्दै उनीहरुले असल सम्बन्ध चाहेको उल्लेख गरेका छन् । बुधबारबाट दलाई लामाको एक साता लामो अरुणाञ्चल प्रदेशको भ्रमण सुरु भएको छ । पूर्वी हिमालयमा रहेको यस इलाकामा चीनमाथि चीन ‘दक्षिणी तिब्बत’ का रुपमा आफ्नो दाबी गर्दै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिइङले पत्रकार सम्मेलन गर्दै दलाई लामाको भ्रमणलाई लिएर चीनले भारतसँग कडा आपत्ति जनाएको बताएकी छन् । उनले भनेकी छन्, ‘चीनको चिन्तालाई नजरअन्दाज गर्दै र यस यात्रालाई व्यवस्था गर्दै भारतले चीनको हित र दुवै देशको सम्बन्धमा गम्भीर रुपमा नोक्सान पु-याएको छ ।’

हुवा चुनिइङले भनिन्, ‘हामी माग गर्दछौं कि भारतले चीनको हितलाई नोक्सान पु-याउनका लागि दलाई लामालाई प्रयोग गर्न तत्काल बन्द गरोस् ।’ उता बोमडिला पुगेका दलाई लामाले पत्रकारसँग कुराकानी गर्दैै भनेका छन्, ‘म प्राचीन भारतको विचारको सन्देश हुँ र जहाँ जान्छु अहिंसा, धार्मिक शान्ति र धर्मनिरपेक्षताको कुरा गर्दछु ।’

दलाई लामाले चीनको आरोपको जवाफ दिँदै भारतले आफूलाई कहिल्यै पनि चीनका विरुद्ध प्रयोग नगरेको दाबी गरेका छन् । भारतमा दलाई लामाको यात्रा र सम्बन्धलाई लिएर चीन पटक पटक सशंकित बन्दै आएको छ । गत वर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामाले दलाई लामासँग भेट गरेको विषयमा पनि चीनले कडा आपत्ति जनाएको थियो । अाजकाे राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij