२०८३ भाद्र २८ आइतबार

नयाँ वर्ष लोकतन्त्रलाई स्थायित्व दिने वर्ष : नेता पोख्रेल

ई आर्थिक    बुधबार, चैत्र २३ २०७३
4.8K
Shares
नयाँ वर्ष लोकतन्त्रलाई स्थायित्व दिने वर्ष : नेता पोख्रेल

२३ चैत, दाङ । नेकपा ( एमाले) का नेता शङ्कर पोख्रेलले लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

तुलसीपुर नगर जेसीजले आज तुलसीपुरमा आयोजना गरेको ‘नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान तथा भितेपात्रो विमोचन’ कार्यक्रममा उहाँले भन्नुभयो — “लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत विकास गरी अब देशलाई समृद्धितिर लैजानुपर्दछ ।”

नेता पोख्रेलले ‘नयाँ वर्ष २०७४ साललाई लोकतन्त्रको स्थायित्व र गणतन्त्रको संस्थागत गर्ने वर्षको रुपमा मनाऊ, यसमा विशेष गरी युवा वर्गले खबरदारी गर्नुपर्छ’ भन्दै हजारांै नेपाली युवा विदेशीएकाले मुलुकको आर्थिक समृृद्धिमा लागि अब स्वदेशमै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

“ स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ,” उहाँले भन्नुभयो — निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गरी देशलाई समृृद्धितर्फ लैजानुपर्दछ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij