२३ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हकप्रद सेयर निष्काशन आबेदन भोलि(विहीबार)देखि खुला हुने भएको छ । बैंकले २५ प्रतिशत अर्थात १० बराबर २.५को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
बैंकले जारी गर्न लागेको हकप्रदमा गत फागुन २५ गतेसम्म कायम सेयरधनीले वैशाख २७ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त हकप्रदमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।