२०८३ साउन १० आइतबार

ठूला दललाई अन्तर्घातको डर

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
3.8K
Shares
ठूला दललाई अन्तर्घातको डर

२२ चैत, डडेल्धुरा । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि डडेल्धुराका राजनीतिक दल आ–आफ्ना पक्षमा माहोल बनाउन सक्रियताका साथ गाउँ गाउँमा पुगेर चुनावी सभा गर्न थालेका छन् ।

अमरगढी नगरपालिकामा नेपाली काँग्रेसका ७ जना मेयरका दावेदार रुपमा देखिएका छन् । नेकपा एमालेका तर्फबाट ४ जना र नेकपा माओवादी केन्द्रका तर्फबाट २ जना आकांक्षी देखिएका भए पनि कुनै पनि दलले टिकट पाउने व्यक्तिको नाम भने सार्वजनिक गर्न सकेको छैन । डडेल्धुरा जिल्लामा दुई नगरपालिका र ५ गाउँपालिकामा रहेका छन् । धेरै आकांक्षी र अन्तर्घातको डरका कारण ठूला दलहरु उम्मेदवार घोषणा गरिहाल्न हच्किएका हुन् ।

पाँच गाउँपालिकामा एकै दलका पाँच देखि ७ जना सम्म आकांक्षी रहेका छन् । तर पार्टीभित्रको आन्तरिक खिचातानीका कारण उम्मेदवारहरु खुलेर आउन सकेका छै्रनन् ।

ठूला साना सबै दलहरु सक्रियताका साथ निर्वाचनमा होमिँदै प्रचार प्रसार अभियानमा जुटिसकेका छन । डडेल्धुरामा १३ दलले स्थानीय तहको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

गाउँपालिका नगर र वडा स्तरमा चुनावमा उठ्ने चाहने आकांक्षीहरु एकातिर नेतृत्व रिझाउन लागेका छन् भने अर्कोेतिर सम्भावित अन्तर्घातको त्रासमा छन् ।

दलहरुले वडा वडामा समेत पार्टी कार्यालय खोल्न थालेका छन् । काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक–अर्काका प्रतिस्पर्धी भए पनि यी दलका उम्मेदवार भने आफ्नै दलभित्र अस्वस्थ प्रतिस्पर्धाको शिकार हुने खतरा रहेकाले खुलेर मैदानमा जान नसकिरहेको काँग्रेस नेता अमरगढी नगरपालिकाका मेयरका उम्मेदवार टंक क्षेत्री बताउनुहुन्छ ।

एमालेकै मेयर पदका उम्मेदवार यज्ञराज अवस्थीको पनि त्यस्तै भनाइ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij