२०८३ साउन ११ सोमबार

लमजुङमा चैतेधान रोपाइँको चटारो

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
6K
Shares
लमजुङमा चैतेधान रोपाइँको चटारो

२२ चैत, बेँसीसहर(लमजुङ)। नहर तथा कुलो लाग्ने विभिन्न स्थानमा चैतेधान रोपाइँ सुरु भएको छ ।

चैतको दोस्रो सातादेखि चैतेधान रोपाइँ सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, भोर्लेटार, इशानेश्वर, करापु, दुराडाँडा, सुन्दरबजारलगायत ठाउँमा चैतेधान रोपाइँ भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमूख कृष्णभद्र अधिकारीले बताउनुभयो ।

बाहैमहिना सिँचाइ सुविधा भएका क्षेत्रमा मात्र चैतेधान हुने उहाँले बताउनुभयो । जिल्लाको नौसय हेक्टर क्षेत्रफलमा बर्खे धान लगाइन्छ । सिँचाइको व्यवस्था गर्न सके थप धानखेती गर्न सकिने अधिकारी बताउनुहुन्छ ।

पूर्वी लमजुङका भलायखर्क, चक्रतीर्थ र धमिलीकुवा गाविसअन्तर्गतका खेतमा सिँचाइ गर्न ल्याइएको राइनस सिँचाइ आयोजनाबाट त्यहाँका किसानले चैतेधान लगाउन पाएका हुन् । चैतेधानको खेती गरिरहेका किसानले हर्दिनाथ–१, अर्वाली, सुख्खा, जुडीलगायत जातका धान लगाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij