२०८३ भाद्र २७ शनिबार

दोलखाको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिला बढी

ई आर्थिक    मंगलबार, चैत्र २२ २०७३
5.4K
Shares
दोलखाको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिला बढी

२२ चैत, दोलखा । दोलखाको मतदाता सङ्ख्यामा पुरुषभन्दा दुई हजार ३०० महिला बढी रहकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचन प्रयोजनका लागि जिल्लाको कुल मतदाता सङ्ख्या एक लाख ३३ हजार ४८२ जना पुगेका छन् ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको दोलखाको सो मतदातामध्ये ६५ हजार ५९८ पुरुष र ६७ हजार ८९३ महिलाले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नेपालको कुल मतदाता सङ्ख्या भने एक करोड ४० लाख ५४ हजार ४८२ पुगेका छन् । नेपालको कुल मतदाता सङ्ख्यामा दोलखाको संख्या शून्य दशमलव ९४ प्रतिशत रहेको छ ।

करिव बीस वर्षपछि नयाँ सङ्घीय संरचनाअनुसार हुन लागेको स्थानीय तहको निर्वाचनमा सदर मतको तथ्याङ्कलाई शतप्रतिशत बनाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले दुईदिने मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij