२०८३ भाद्र २९ सोमबार

निर्वाचनका लागि हुम्लामा नागरिकता लिनेको भीड

ई आर्थिक    बिहिबार, चैत्र १७ २०७३
3.8K
Shares
निर्वाचनका लागि हुम्लामा नागरिकता लिनेको भीड

१७ चैत, हुम्ला । जिल्ला प्रशासन कार्यालयमा तीन दिनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् ।

सामान्य दिनमा दैनिक चार-पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा बढिले नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ ।

प्रजिअ धनप्रसाद शर्मा पौडेलले चुनावको वातवरण तयार भएपछि अहिले कुनाकाप्चामा रहेका युवायुवतीले समेत नागरिकताका लागि दरखास्त दिएको बताउँदै अहिलेसम्म चारसय पाँचजनाले नागरिकता लिइसकेको जानकारी दिनुभयो ।

म्यादी प्रहरीमा जागिर खाने उद्देश्यले पनि नागरिकता लिन आउनेको सङ्ख्या बढेको बताइएको छ ।
निर्विरोध निर्वाचित

यसैबीच, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको १६औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घटन प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो ।

अधिवेशमा सभापति गणेशबहादुर महत, उपसभापति हरिबहादुर रावत, उपसभापति हरिभक्त शाही, मन्त्री छेपाल दोर्जे लामा, कोषाध्यक्ष रामराज शाही, उपमन्त्री गोकुल बुढा, सहकोषाध्यक्ष चन्दा शाहीसमेत १३ सदस्य निर्विरोध निर्वाचित भएको कुरा निर्वाचन अधिकृत एवम् सहायक प्रजिअ ऋषिप्रकाश सिटौलाले एक समारोहबीच घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij