२०८३ साउन १२ मंगलबार

कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग

ई आर्थिक    सोमबार, चैत्र १४ २०७३
4K
Shares
कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग

१४ चैत, टोकियो (जापान)। सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

सहिद परिवारको सम्मानार्थ नेपालीभूमि रक्षाका लागि लड्ने क्रममा सहिद भएका नेपालीलाई राहतस्वरुप चलाइएको अभियानमा सङ्कलित ७२ हजार जापानी येन आइतबार पठाइएको हो ।

अभियानमा ज्याक खड्का, यदुराम सापकोटा र जापानबाट सञ्चालित टप नेपाल अनलाइनले छुट्टाछुट्टै १०÷१० हजार जापानी येन सहयोग गरेका थिए । दुई हजारदेखि ५ हजार जापानी येनसम्म दिने सहयोगी हातहरु बढ्दै गएका कारण अभियान शनिवारसम्म लम्बाइएको थियो ।

सङ्कलित रकम नेपालमा सहिद परिवारले आइतबारै बुझेको अभियानकर्ता ज्याकले बताए । उनका अनुसार ७२ हजार जापानी येनको नेपाली रुपैयाँ ७० हजार ५ सय ५० सहिद परिवारलाई पठाइएको हो ।

दुई साता अघि पनि जापानवासीले गरिबी र आ“खा नदेख्ने भएर खान लाउन समस्यामा परेका सप्तरी गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप १ लाख १४ हजार ४ सय ६६ जापानी येन पठाएका थिए । रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध यहाँका नेपालीले समस्यामा परेका आफ्ना देशवासीलाई सक्दो सहयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij