२०८३ साउन ९ शनिबार

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

ई आर्थिक    बुधबार, चैत्र ९ २०७३
5.6K
Shares
अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

९ चैत, काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ ।

विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराउनुभयो ।

सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ । उहाँले पहिलो चरणमा सबै नगरपालिकामा गरिसकेपछि दोस्रो चरणमा सबै गाउँपालिकामा विस्तार गरिने बताउनुभयो ।

“देशभरि नै सबै नगरपालिका र गाउँपालिकामा एकैसाथ अनलाइनमार्फत सेवा सुरु गर्ने योजनामा थियाँै”, उहाँले भन्नुभयो, “सबै गाउँपालिका इन्टरनेटको पहुँच नपुगेकाले पहिलो चरणमा नगरपालिकामा सेवा सुरु गर्न थालेका हाँै ।” यसैगरी विभागले पहिले दर्ता भएका व्यक्तिगत घटना तथा दुर्घटना पनि अनलाइनमा राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij