२०८३ भाद्र २९ सोमबार

कांग्रेस कार्यकर्ताले हरेक क्षेत्रमा नेतृत्व गर्नुपर्छ : डा. महत

ई आर्थिक    सोमबार, चैत्र ७ २०७३
4.9K
Shares
कांग्रेस कार्यकर्ताले हरेक क्षेत्रमा नेतृत्व गर्नुपर्छ : डा. महत

चैत ७, फागुन । पूर्वअर्थमन्त्री डा रामशरण महतले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका कार्यकर्ताहरुले समाजका हरेक क्षेत्रमा नेतृत्व लिनुपर्ने र मुलुकलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

बनेपामा आयोजित कांग्रेस कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि डा महतले कांग्रेससँग मात्र मुलुकको विकासको स्पष्ट खाका भएकोले जनताको घरदैलोमा पुगेर यो कुरा भन्नुपर्ने र जनताको मत माग्नुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले मुलुकको राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रको नेतृत्व गरेको र अहिले सबै राजनीतिक दलहरु कांग्रेसले अंगालेको बाटो पछ्याउन आएका छन ।” कांग्रेस नेता डा महतले भन्नुभयो, तपाईहरुले शीर ठाडो पारेर गौरवका साथ जनतालाई भन्नुहोस र मत माग्नुहोस । विकास र प्रगतिको बाटोमा तपाईलाई कांग्रेसले मात्र सही मार्गमा डो¥याउँछ ।

कांग्रेसका नेताहरुले पहिला नै दूरगामी दृष्टिकोण राखेर स्पष्टरुपमा नीतिगत दिशाबोध गरिसकेका छन । उहाँको भनाई थियो, तपाईले अरु दलहरुको जस्तो लघुताबोध गर्नै पर्दैन । अहिलेसम्म कांग्रेसले लिएको बाटो नै सही भएको छ र हिंस्रक आन्दोलन गर्ने लगायत सबै दलहरु यही बाटोमा प्रतिस्पर्धा गरी मत माग्न जनतासमक्ष आइसकेका छन ।

Dr Mahat

अहिलेको स्थानीय तह स्थानीय निकाय जस्तो नभएको उल्लेख गर्दै नेता डा महतले भन्नुभयो, साधन स्रोत लगायत प्रशस्त अधिकारहरु स्थानीय तहमा आएका छन । अव नेतृत्व लिने व्यक्ति पनि सक्षम, लोकप्रिय र इमानदार हुन आवश्यक छ । तपाईहरुले पनि नेतृत्व क्षमताको विकास गर्नुहोस । जनताले कांग्रेसलाई जसरी विश्वास गरेका छन, तपाईले काम गरेर देखाउन सक्नुभएन भने जनताको घरदैलोमा मत माग्न जान अप्ठेरो हुन्छ । उहाँले महिलाहरुलाई संविधानले नै प्रशस्त अधिकारको सुनिश्चितता गरेकोले आ आफ्नो क्षमता विकास गरी महिलाहरु नेतृत्व लिन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेसले महिलाको नेतृत्व विकासमा अभियान नै चलाउने पनि उहाँले स्पष्ट पार्नुभयो ।

नेता डा महतले स्थानीय तहको नेतृत्वका लागि पार्टीले जनतामा प्रिय, इमानदार र सक्षम कार्यकर्तालाई टिकट दिने र अन्यथा भएमा आफूले खबरदारी गर्ने आश्वासन दिनुभयो । अवको राजनीति विकासको हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, आगामी दिनमा हरेक तहको नेतृत्व गर्ने व्यक्तिमा विकासवादी सोच हुनु आवश्यक छ । विकासवादी सोच भएकोले मात्र समाजलाई सही नेतृत्व प्रदान गर्न सक्नेछ ।
भारतमा नरेन्द्र मोदी छाउनुको कारण उनको विकासवादी सोच भएको स्पष्ट पार्दै डा महतले अन्य दलहरु पनि विस्तारै विकासवादी बाटोमै आउने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा कांग्रेस नेता डा महतले एमाले पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकाहरुलाई पार्टीको सदस्यता प्रदान गर्नुभएको थियो । कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चन बादे श्रेष्ठ, पार्टी सभापति मधु आचार्य लगायत नेता तथा कार्यकर्ताहरुले स्थानीय तहमा पार्टीले सक्षम, इमानदार र लोकप्रियलाई निश्पक्ष ढंगले टिकट वितरण गरेमा कांग्रेसले स्थानीय तहमा अरु दलहरुलाई बढार्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij