२०८३ साउन १० आइतबार

कृषि वनका लागि चौरासी लाख

ई आर्थिक    बुधबार, चैत्र २ २०७३
2.9K
Shares
कृषि वनका लागि चौरासी लाख

२ चैत, बनियानी (झापा) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि वन कार्यक्रमका लागि वन मन्त्रालयले रू ८४ लाख बजेट प्रदान गरेको छ ।

सुपरजोन र पकेट क्षेत्रलाई लक्षित गरी वन मन्त्रालयले उक्त रकम प्रदान गरेको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिनुभयो । कृषि वन प्रवद्र्धनका लागि रू २२ लाख, कृषि वन विकास कार्यक्रमका लागि रू ५१ लाख, स्थलगत प्राविधिक सहयोगका लागि रू ६ लाख र अनुगमन तथा अन्य कार्यक्रमका लागि रू चार लाख ८५ हजार प्राप्त भएको उहाँले बताउनुभयो ।

कृषि र वनलाई सँगसँगै लैजाने सरकारको लक्ष्यअनुसार कार्यक्रम आएको हो । कृषकको माग र आवश्यकता अनुसार बिरुवा उत्पादन तथा वितरण गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij