२०८३ साउन ११ सोमबार

सिटिजन्स बैंकको सहकार्यमा बुद्धिष्ट इकोनोमिक्स वित्तीय साक्षरता कार्यक्रम

ई आर्थिक    मंगलबार, चैत्र १ २०७३
2.7K
Shares
सिटिजन्स बैंकको सहकार्यमा बुद्धिष्ट इकोनोमिक्स वित्तीय साक्षरता कार्यक्रम

१ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहकार्यमा बुद्धिष्ट इकोनोमिक्स वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तिय साक्षरता अन्तर्गत बैंकले सो कार्यक्रम आयोजना गरेको जानकारी दिएको छ । लुम्बिनी बुद्धिष्ट युनिभर्सिटी तथा लुम्विनी रिसर्च सेन्टर फर अन्डरस्टैण्डिङ्ग एण्ड पीसले सो कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौंमा आयोजित उक्त छलफल कार्यक्रममा प्रोफेसर ओल्फगाङ्ग ड्रेच्स्लर, चेयर अफ गोभरनेन्स एट दि रागनर नकर््से स्कूल अफ इन्नोभेसन एण्ड टेक्नोलोजी इस्टोनियाले बुद्धिष्ट इकोनोमिक्सको बारेमा विशेष जानकारी दिनुभएको थियो ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय बौद्धिक वर्गहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विशेषत सेल्फ सफिसियन्सि विचार आदान प्रदान भएको
थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममा सहकार्य गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij