२०८३ भाद्र २७ शनिबार

पर्यटन क्षेत्रले बहुआयामिक प्रभाव पार्छः मन्त्री गिरी

ई आर्थिक    शुक्रबार, फाल्गुन २७ २०७३
25.3K
Shares
पर्यटन क्षेत्रले बहुआयामिक प्रभाव पार्छः मन्त्री गिरी

२७ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले यसलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटन क्षेत्रको विकासका लागि मुलुकमा शान्ति र स्थिरता आवश्यक छ भन्नुभयो ।

मन्त्री गिरीले नेपालको जैविक विविधता, प्राकृतिक सौन्दर्य, रमणीय स्थल, कला, संस्कृति तथा सम्पदास्थलप्रति पर्यटक आकर्षित हुने हुँदा त्यसलाई अन्तर्राष्ट्रिय तहमा सही सूचना प्रवाह गर्न सरकारले निजी क्षेत्रका व्यवसायीसंग समन्वय गर्ने बताउनुभयो ।

यसअघि मन्त्री गिरीले आजै मन्त्रालय जानुभई पदबहाली गर्नुभएको थियो । सो अवसरमा उहाँले देश विकासका लागि पर्यटन क्षेत्रले बहुआयामिक प्रभाव पार्ने हुँदा जनतालाई केन्द्रविन्दुमा राखेर कार्य गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij