२०८३ साउन ९ शनिबार

राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचीमा

ई आर्थिक    बुधबार, फाल्गुन २५ २०७३
4.2K
Shares
राष्ट्रपति भण्डारी विश्वका १५ महिला राजनेताको सूचीमा

२५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राष्ट्रप्रमुख महिलाको सूचीमा पर्न सफल भएकी छन्। सूचीमा परेकी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वचर्चित समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी) ले विश्वभरिका महिला सरकार तथा राज्य प्रमुखको ग्राफ सार्वजनिक गरेको हो । सार्वजनिक विवरणमा जर्मन चान्सलर एङ्गेला मार्केल, बेलायतकी प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री इर्ना सेल्बर्ग, बं‌गलादेशकी प्रधानमन्त्री शेख हसिनासहित राष्ट्रपति भण्डारी पनि परेकी हुन् ।

अमेरिकाबाट सुरु महिला अधिकारको संघर्षसँग जोडिएको महिला दिवस विश्वभरि मार्च आठ को दिन मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij