२०८३ साउन ११ सोमबार

बहु–धर्ममा विश्वास गर्ने धर्मगुरुहरु हिज होलिनेस ग्यालवाङ ड्रुक्पाको जन्मदिन मनाउन नेपालमा

ई आर्थिक    बुधबार, फाल्गुन २५ २०७३
8.5K
Shares
बहु–धर्ममा विश्वास गर्ने धर्मगुरुहरु हिज होलिनेस ग्यालवाङ ड्रुक्पाको जन्मदिन मनाउन नेपालमा

डा. इमाम उमर अहमद इलयासी, श्री श्री रवि शंकर, हिज होलीनेस आचार्य डा. लोकेश मुनी, भिक्षु सङ्गसेना, तथा हिज होलिनेस ग्यालवाङ ड्रुक्पाका अनुयायीहरु काठमाडौंमा जन्मदिन मनाउन उपस्थित ।
 अमेरिकी सरकारका प्रतिनिधिहरुले हिज होलिनेसको जन्मदिनमा उहाँलाई कंग्रेसनल रिजोल्यूशनका साथमा सम्मान ।

२३ फागुन, २०७३, काठमाडौं । हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन विश्वभरबाट पवित्र ग्यालवाङ ड्रुक्पाका अनुयायीहरु, ५०० जना आमन्त्रित अतिथिहरु, नेपाल र भारतभरबाट धर्मगुरुहरु तथा अमेरिकी अधिकारीहरुले संयुक्तरुपमा काठमाडौंमा फागुन २२ गते उपस्थित हुनुभएको छ । उनको दयालु नेतृत्व र आफ्नो मानवीय तथा वातावरणीय पहिचानको सम्मानका लागि उहाँहरु नेपाल उपस्थित हुनुभएको हो ।

प्रमुख अतिथिको रुपमा द आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रवि शंकर, जसले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको शान्ति स्थापना तथा सेवा प्रतिको लगावको बारेमा विचारहरु व्यक्त गर्नुभएको थियो ।

यसका साथै, अल इण्डिया अर्गनाइजेसन अफ इमाम्स अफ मस्कसका प्रमुख इमाम डा. इमाम उमर अहमद इलयासी, प्रशिद्ध जैन आध्यात्मिक गुरु हिज होलीनेस आचार्य डा. लोकेश मुनी, तथा महाबोधी अन्तर्राष्ट्रिय ध्यानकेन्द्रका संस्थापक तथा अध्यक्ष भिक्षु सङ्गसेना, जसले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन काठमाडौं आउनुभएको थियो ।

dukpa-anniverssary-programme-next

कार्यक्रमको अवसरमा, हिज होलीनेस ग्यालवाङ ड्रुक्पाले अमेरिकी कंग्रेसकी प्रतिनिधि क्यारेलिन मालोनी (डि–एनवाई) न्यूयोर्कका १२ औं डिस्ट्रिक्टका लागि अमेरिकी कंग्रेसउमनका साथमा प्रस्तुती दिनुभएको थियो ।

ग्यालवाङ ड्रुक्पालाई विश्व प्रसिद्ध मानवीयतावादी, वातावरणवादी तथा लैगिक समानताका लागि बिजेताजस्ता उपाधीबाट उहाँको संकल्पमा समर्पित गरिएको थियो । त्यसैगरी वि.सं. २०७२ मा नेपालमा गएको महाभूकम्पको समयमा हजारौंलाई राहत सेवा प्रदान गर्नुभएकोमा प्रशंसा गरिएको थियो । उहाँको वान मिलियन ट्रिज प्रोजेक्टमार्फत भूक्षय नियन्त्रण तथा स्वच्छ हावाका लागि सहयोग प्रदान गर्नुभएकोमा तथा हिमालय क्षेत्रसहित विश्वभर शक्ति, शिक्षा, सूरक्षा, तथा बालिकाहरु तथा महिलाहरुलाई अभिप्रेरित गर्नुभएकोमा सम्मान व्यक्त गरिएको थियो ।

अन्य अमेरिकी प्रशासनिक अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । हिज होलिनेस्को जन्मोत्सवको अवसरमा आयोजित यो महोत्सव फागुन २५ गतेसम्म निरन्तर जारी रहने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij