२०८३ भाद्र २७ शनिबार

सप्तरीमा मोर्चाद्वारा प्रदर्शन, १० भन्दा बढी कार्यकर्ता पक्राउ

ई आर्थिक    सोमबार, फाल्गुन २३ २०७३
6.6K
Shares
सप्तरीमा मोर्चाद्वारा प्रदर्शन, १० भन्दा बढी कार्यकर्ता पक्राउ

२३ फागुन, सप्तरी (राजविराज) । नेकपा(एमाले)को मेची–महाकाली अभियानको कडा विरोध गर्दै सडकमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका १० भन्दा बढी कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट आज पक्राउ गरेको छ ।

मधेसी मोर्चाका स्थानीय नेता गजेन्द्र मण्डलका अनुसार सप्तरीको रुपनीबाट पाँच जना, कञ्चपुरबाट पाँच जना र भारदहबाट तीन जना मोर्चाको कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत विभिन्न ठाउँमा यातायात बन्द गराउने र सडकमा प्रदर्शन गरेको कारणले पक्राउ गरिएको बताएको छ । साथै जिल्लाको ठाउँठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

एमालेले अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा आज गर्न लागिएको आमसभालाई बिथोल्नका लागि मोर्चाका नेता तथा कार्याकर्ता जिल्लाको विभिन्न स्थानमा आज बिहानैदेखि टायर बालेर कालो झन्डासहित लाठी जुलुुस निकालेर प्रदर्शन गरिरहेका छन् ।

साथै सप्तरी सदरमुकामसहितको ठाउँमा बजार, कलकारखाना र यातायात पूर्णरुपमा ठप्प रहेका छन् । यता प्रशासनले कुनै अप्रिय घटना हुन नदिनका लागि सुरक्षा सर्तकता बढाएको छ भने प्रत्येक चोक र सडकमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij