१८ फागुन, भक्तपुर । यहाँका दुई क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।
भक्तपुर नगरपालिकास्थित भक्तपुर बहुमुखी क्याम्पस र मङ्गलबारसम्म तनावग्रस्त बनेको सानोठिमी क्याम्पसमा आज शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
आज बिहान ८ बजेदेखि विद्यार्थीहरु उत्साहका साथ मतदानमा सहभागी भएको भक्तपुर क्याम्पस र सानोठिमी क्याम्पसका प्रशासनले जानकारी दिएका छन् ।
भक्तपुर क्याम्पसमा नेविसङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले तथा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त उम्मेदवार उठाएका छन् ।
सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसङ्घले संयुक्त तथा अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव) पक्षले संयुक्त समूह बनाएर उम्मेदवारी दिएका छन् । रासस