२०८३ भाद्र ३० मंगलबार

सिँचाइका लागि कृषकले पाउने भए ३९ लाख अनुदान

ई आर्थिक    बुधबार, फाल्गुन १८ २०७३
5.7K
Shares
सिँचाइका लागि कृषकले पाउने भए ३९ लाख अनुदान

१८ फागुन, भद्रपुर । जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ योजनाका लागि ७५ कृषकलाई रु ३९ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

चालु आवको स्वीकृत नीति तथा कार्यक्रमअनुसार वितरण गरिने सो रकमका लागि जिल्लाभरिका १५५ किसानले आवेदन दिएका थिए । कृषकको समूहले प्राप्त गर्ने सो रकम सिँचाइका लागि प्रयोग गरिने छ ।

कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले उक्त अनुदान अति सुक्खा प्रभावित क्षेत्र, अधिकांश कृषक समूह सदस्यलाई लाभ पुग्ने गरी, समावेशी समूह, दैवी प्रकोपबाट क्षतिग्रस्त सिँचाइ आयोजना, जनसहभागिता बढी जुटाउने तथा गत आवमा अनुदान सहयोग नपाएकालाई प्राथमिकता दिएर उपलब्ध गराएको बताउनुभयो । जिल्ला कृषि विकास समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन–धान क्षेत्रअन्तर्गत पथरिया, बालवाडी, बनियानी र केचनामा केन्द्र राखी घुम्ती प्रयोगशाला र माटो जाँच शिविर सञ्चालन गरिएको छ । माटो जाँचको परिणाम अनुसार कृषि चुनका लागि यस वर्ष सुपर जोन कार्यालयले चुन ढुवानीमा अनुदान दिने र अर्को वर्ष कृषि चुन नै उपलब्ध गराउने डाँगीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij