१६ फागुन, काठमाडौँ । विगत ७ महिना अघि झापाको वर्ताबजारमा संचालनमा आएको शिखर बजारमा उपभोक्ताको भिड भाड हुने गरेको छ । शिखर ग्रुपले संचालनमा ल्याएको उक्त बजार छोटो समयमा उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ ।
झापाको पुरानो बजारमा परिचित विर्ताबजारमा संचालनमा आएको शिखर बजार पूर्ण वातानुकुलित र अत्याधुनिक सुविधा सम्पन्न सहित कम्प्युटराइज प्रणालीमा रहेको छ । स्थानिय उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर एक करोडको लगानीमा संचालनमा ल्याएको शिखर बजारका अध्यक्ष दिपेन्द्र राउत बताउनु हुन्छ ।

बजारमा दैनिक उपभोग्य सामाग्री, कस्मेटिक,भान्साका लागि आवश्यकिय भाडा वर्तन, गिफ्ट का सामग्री, पेय पदार्थ र मोवाइल लगायतका गुणस्तरीय सामाग्रीहरु उचित मुल्यमा पाइन्छ । उपभोक्ताको ध्यानमा राखेर विहान ८ बजे देखि वेलुका ८ बजे सम्म सेवा प्रदान गदै आएको छ शिखर बजारले ।
स्थानिय युवाहरुको समुह शिखर ग्रुपले स्थानिय स्तरमा रोजगारिको सृजना गर्नु , उत्कृष्ट सेवा र गुणस्तरीय सामाग्रीहरु उपलव्ध गराउनु हाम्रो उदेश्य रहेको बताउनु हुन्छ शिखर बजारका व्यवस्थापक अनन्त लुइटेल । विगत सात महिनामा शिखर बजार सफलता हुनुमा स्थानिय उपभोक्ताहरुको राम्रो सहयोग रहेको छ भन्नु हुन्छ संस्थाका उपाध्यक्ष जि पी पाण्डे । यो हाम्रो पहिलो प्रयास थियो तर हामीलाई स्थानियहरुको साथ सहयोगले थप हौसला थपेको साथै शिखर बजारमा हामीले थप लगानी गर्ने पनि बताउनु भयो ।

विषेश गरेर विर्तामोड,विर्ताबजार,शैनिकमोड,विराटपोखर,गरामनी लगायतका ठांउबाट यस वजारमा उपभोक्ता आउने गरेका छन् । अत्यन्तै आर्कषक तरिकाले निर्माण गरिएको शिखर बजारमा जो कोही एक पटक पसेर आफुलाई चाहिएको सामग्रि खरिद गर्ने गरेको पाइन्छ । “यहाँ आउने ग्राहकहरुले खाली हात जानुहुन्न । केही न केही लिएरै जानुहुन्छ ।”, शिखर बजारका अध्यक्ष दिपेन्द्र राउतले बताउनुभयो ।

विदेश तिर जादां ठुल ठुला सपिङ मलमा देखे जस्तै आफ्नो गाउं आफ्नो ठाउँमा देख्न पाउदा खुसी लागेको बताउनुहुन्छ शिखर बजारका नियमित उपभोक्ताहरु । हाल १० जनालाइ प्रत्यक्ष रोजगारि दिदै आएको शिखर बजारमा केही बर्षमा झापा जिल्ला भरि विस्तार गर्ने योजना रहेको अध्यक्ष राउतले बताउनुभयो । साथै सदस्यता बोनसकार्ड यसै महिनाबाट वितरण हुने पनि उहाले जानकारी गराउनुभयो ।
