१० फागुन, काठमाडौँ । विगत६ वर्षको अवधिमा नेपालमा महिला यौनकर्मीको संख्या दोब्बर भएको एक अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले गरेको अध्ययनले महिला यौनकर्मीको संख्या दोब्बर भएको देखाएको हो ।
नेपालमा सन् २०१० मा महिला यौनकर्मीकोसन्ख्या कारीब २८ हजारको हाराहारीमा थियो। सन् २०१६ सम्ममा उक्त संख्या बढेर झण्दै ५३ हजार पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाई तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँग सम्बन्धित राष्ट्रिय सञ्जालहरु र अन्य साझेदार निकायको सहयोगमा ईन्ट्रर्पिडा नेपालले चार महिना लगाएर यौनकर्मीको संख्या सम्बन्धी अध्ययन गरेको थियो ।
अध्ययनमा पुरुष यौनकर्मीको सङ्ख्या २० हजार६ सय २५ रहेको अनुमान गरिएको छ । देशभरीका ४४ जिल्लालाई केन्द्रित गरी सम्पन्न गरिएको उक्त अध्ययन काठमाडौं उपत्यकामा महिला यौनकर्मीको संख्या ११ हजार एस् ७० रहेको अनुमान गरेको छ । २०७३ साल भदौ देखी मङ्सिर सम्मा गरिएको अध्ययनले नेपालमा १ लाख ११ हजार ८ सय ५२ पुरुष मध्ये करिव २४ हजारको हाराहारिमा तेश्रोलिङ्गी, २० हजार एस् सय २५ पुरुष यौनकर्मी तथा ६८ हजार ६४ समलिन्ङी पुरुष रहेको अनुमान छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.तरुण पौडेलका अनुसार एस् बर्षको अवधिमा महिला यौनकर्मीको संख्या दोब्बरले बढेको हुनु आश्चर्यजनक तथ्यांक हो ।