९ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी तथा करार सेवाका लागि विभिन्न पदमा १ सय २७ कर्मचारी मागेको छ ।
सोमबार एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले प्राधिकरणले स्थायी सेवामा पद पूर्ति हुने गरी ७५ जना र करारमा काम गर्ने गरी ५२ जना कर्मचारी मागेको हो ।
खुलतर्फ उपनिर्देशक तथा प्रवन्धकदेखि सहायकसम्मका पददमा दरखास्त मागेको छ भने करारको छुट्टै सूचना पनि प्राधिकरणले निकालेको छ ।
विभिन्न प्रशाशनिक तथा प्राविधिक पदहरुमा पनि उसले जागिर खुलाएको छ । इलेक्ट्रिकल इञ्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, टेलिक कम्युनिकेशन इञ्जिनियर, एनोटिकल इञ्जिनियर लगायत प्रशाशीयक अधिकृत लगायतका उच्च पदमा पनि खुला दरखास्त मागिएको छ । लेखा अधिकत, बरिष्ठ सहायक र सहायक पदहरुमा पनि दरखास्त आह्वान गरिएको छ ।
इच्छुुक उम्मेद्वारले फागुन ९ गतेको मितिबाट २१ दिनभित्र र दोब्बर दस्तुर तिरी त्यसमा थप ७ दिनभित्र आवेदन दिन सक्ने बताइएको छ ।
प्राधिकरणको काठमाण्डौ, बबरमहलस्थित प्रशासन विभागमा आएर दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ । विभिन्न तह अनुसारको पदमा सोही अनुसारको परीक्षा दस्तुुर तोकिएको छ ।
प्रकाशित विज्ञापन :

