२०८३ भाद्र २७ शनिबार

नेपाली महिला समाज कतारको अध्यक्षमा सुस्मिता भुसाल

ई आर्थिक    सोमबार, फाल्गुन ९ २०७३
8K
Shares
नेपाली महिला समाज कतारको अध्यक्षमा सुस्मिता भुसाल

९ फागुन, काठमाडौं । नेपाली महिला समाज कतारको दोस्रो अधिवेशन कतारको सनैया स्थित रोटाना रेस्टुरेन्टमा सफलताका साथ सम्पन्न भएको छ।

“नेपाली महिला समाजको चाहना,एकता र सहयोगको बिशुद्ध सामाजिक भावाना” को मुल नारा बोकेको उक्त सस्थाको दोस्रो अधिबेशनबाट चितवनकी सुस्मिता भुसाललाई सर्बसम्मत अध्यक्ष पदमा चयन गरेको छ ।

अधिबेशनले नबगठित कार्यसमितिमा सुस्मिता भुसालको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमितिको गठन गरेको छ। जसअनुसार अध्यक्ष – सुस्मिता भुसाल, प्र.उपाध्यक्ष-अमिना खान, दि.उपाध्यक्ष-जानुका बस्नेत खड्का, महासचिव-अम्विका खत्रि,सचिव-ईस्वरा थापा मगर,कोषाध्यक्ष-मिना गैरे,सह कोषाध्यक्ष-हिलारि तामाङ राई, सदस्यहरुमा-जानुका मगर,वाईदा खातुन,सिता राई,अनु राई,बबिता तुम्बाफे नेम्बाङ र सर्मिला भन्डारी,सानू थापा र सर्मिला जोसी रहेका छन।

वैदेशिक रोजगारको लागि कतार पुगेका महिलालाई संगठित गरी महिला कामदारको हित, राहत तथा उद्धार गर्नको लागि समाज पाँच वर्षअघि गठन भएको थियो । कतारमा झन्डै ५ हजार नेपाली महिला कार्यरत छन् ।

यसअघिकी अध्यक्ष रेखा राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष विनेश तामाङ, जनप्रगतिशील मञ्च केन्द्र मोहन केसी, नेपाली प्रवासी मञ्चका अध्यक्ष रामहरि गैरे, कतार नेपाली एकता समाजका धनबहादुर परियार, जनसम्पर्क समितिका अब्दुल हफिम लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij