२०८३ भाद्र ३० मंगलबार

विद्यार्थीलाई सहयोग गरेर वैवाहिक उत्सव

ई आर्थिक    आइतबार, फाल्गुन ८ २०७३
6.6K
Shares
विद्यार्थीलाई सहयोग गरेर वैवाहिक उत्सव

८ फागुन, वीरगन्ज । वीरगन्ज कारागरभित्र आज अपरान्ह्र छुट्टै माहोल थियो । न त पञ्चै बाजा, न त खाने महँगा परिकार नै थिए ।

एक हुल युवा, केही समाजसेवी र गिनेचुनेका सञ्चारकर्मीमाझ वीरगन्ज उपमहानगरपालिका– १५ बस्ने ७६ वर्षीय उत्सवनारायण र ७० वर्षीया पत्नी चन्द्रिकादेवीले कारागारभित्र रहेका समता स्कुलका ९० विद्यार्थीलाई करिब रु एक लाख मूल्य बराबरका कापी, कलम झोला र टिसर्ट दिएर आफनो ५७ औंँ वैवाहिक वार्षिकोत्सव मनाउनुभयो ।

तडकभडक र फजुल खर्च गर्नुभन्दा विद्यार्थीलाई पठनपाठनमा सहयाग गर्नु सबैभन्दा ठूलो धर्म हो भन्ने ठानी मानन्धर दम्पतीका छोरा उमेश र रमेशले सो साइत जुराइदिएका थिए । सो अवसरमा उपस्थित कानुन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी र आफन्तले मानन्धर दम्पतीको सुखमय जीवन तथा दीर्घायुको कामना गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij