२०८३ साउन ९ शनिबार

छैसठ्ठी केभी विद्युत् खम्बा ढल्यो

ई आर्थिक    शनिबार, फाल्गुन ७ २०७३
7.1K
Shares
छैसठ्ठी केभी विद्युत् खम्बा ढल्यो

काठमाडौँ, ७ फागुन । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारण लाइनको खाडीचौर–अँधेरी खण्डमा पर्ने ६ नं खम्बा आज बिहान ढलेको छ ।
यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौँ आउन सक्ने छैन । सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुङ्गा कसेर भैरहेको थियो । अहिले नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो ।
सुनकोसीको विद्युत् ११ केभी फिडरबाट बाह्रबिसे, चौतारामा स्थानीय रुपमा केही खपत हुने छ भने लामोसाँघु–भक्तपुर १३२ केभी लाइनबाट काठमाडौंँमा खिम्ती विद्युत्गृह र ढल्केबर–मुजफरपुर प्रसारण लाइनबाट आउने विद्युत् आई नै रहने छ । काठमाडौँको विद्युत् आपूर्ति नियमिततालाई निरन्तरता दिन काठमाडौँ छिर्ने अन्य प्रसारण लाइनमध्येबाट हुनेगरी नोक्सान भए बराबरको विद्युत् परिमाण बढाई काठ्माडौँवासीलाई यसको असर पर्न नदिन भारप्रेषण केन्द्रले आवश्यक गृहकार्य सहित व्यवस्था मिलाउने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij