२०८३ साउन ९ शनिबार

महायज्ञमा एक करोड १५ लाख नगद रकम सङ्कलन

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
3K
Shares
महायज्ञमा एक करोड १५ लाख नगद रकम सङ्कलन

६ फागुन, नवलपरासी । नवलपरासीमा सञ्चालित श्रीमद्भागवत धान्याञ्चल ज्ञान महायज्ञमा करिब रु एक करोड १५ लाख नगद रकम सङ्कलन भएको छ ।

नवलपरासीको देवचुली नगरपालिकामा गत माघ २७ गतेदेखि आयोजित महायज्ञमा सो नगद रकम सङ्कलन भएको महायज्ञमा आयोजक समितिका अध्यक्ष दिनेश भुसालले बताउनुभयो ।

महोत्सवमा करिब १५० मुरी धान र रु एक लाख ५० हजार बराबरका जिन्सी सामग्री सङ्कलन भएको र महायज्ञबाट सङ्कलित रकमबाट सो स्थलमा नागस्थान एवम् नागको मन्दिर निर्माणलगायत बाल उद्यानको विकास गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij