२०८३ भाद्र ३० मंगलबार

पुनःनिर्माणमा उत्कृष्ट गैसस सम्मानित

ई आर्थिक    शुक्रबार, फाल्गुन ६ २०७३
3.4K
Shares
पुनःनिर्माणमा उत्कृष्ट गैसस सम्मानित

६ फागुन, गोरखा । भूकपले क्षति पु-याएको स्वास्थ्य चौकी तोकिएको समयभित्रै पुनःनिर्माण गरी हस्तान्तरण गरेकोमा असल छिमेकी नेपाल पोखरा नामक गैरसरकारी संस्थालाई सम्मान गरेको छ ।

स्वास्थ्य चौकी भवन निर्माणको अनुमति अन्य गैससले भन्दा ढिलो लिए पनि छिटो भवन निर्माण गरी पुनःनिर्माणमा उत्कृष्ट सहयोग गरेवापत जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले सो संस्थालाई आज यहाँ सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

उक्त संस्थाले श्रीनाथकोटमा रु. ७१ लाख ९३ हजार ९०९, घ्याल्चोकमा रु. ८९ लाख ३४ हजार ६०७, भुम्लिचोकमा रु. ९४ लाख १५ हजार ८२१, घैरुङमा रु. ८१ लाख ८० हजार ३३७ र आँपपिपलमा रु. ९४ लाख २६ हजार ११२ को लगानीमा तोकिएको समयभित्रै सुविधा सम्पन्न भूकम्पप्रतिरोधी स्वास्थ्य चौकी भवन निर्माण गरिएको थियो ।

‘स्वास्थ्य चौकी भवन पुनःनिर्माणमा रु. चार करोड ३१ लाख ५० हजार ७८६ लगानी भएको छ’ असल छिमेकी नेपाल पोखराका कार्यक्रम संयोजक विजय श्रेष्ठले भन्नुभयो, “रु. १५ लाख ५१ हजार मूल्य बराबरका विभिन्न रोग निको पार्ने औषधि पनि सहयोग गरेका छौँ ।”

स्वास्थ्य चौकी भवनभित्र चाहिने फर्निचर, स्वास्थ्य उपचारमा आवश्यक विभिन्न सामग्री र औषधि खरिद गरी ढुवानीमा समेत सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।

असल छिमेकीले श्रीनाथकोट गाविसमा चारवटा विद्यालय भवन पुनःनिर्माणको कामलाई पनि तीव्रता दिएको जनाएको छ । स्वास्थ्य चौकी भवन निर्माणमा युनिसेफ, सेभ द चिल्ड्रेन, हेल्प फर नेपाल, केयर नेपाल, आइएमसीलगायत संस्थाले सहयोग गर्ने बताए पनि उनीहरुले तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण सिध्याएका छैनन् ।

भवन निर्माण गर्ने अनुमति लिने तर काममा आलटाल गर्ने सङ्घ संस्थालाई जनस्वास्थ्य कार्यालयले पत्र काटेर सचेत गराइसकेको छ ।

भूकम्पले गोरखाका ५२ वटा स्वास्थ्य संस्था, गोरखा जिल्ला अस्पताल, आँपपिपल अस्पतालमा क्षति पु¥याएको भए पनि गोरखा अस्पताल र आँपपीपल अस्पताल पुनःनिर्माणमा ढिलाइ हुँदै आएको छ । ५० श्ययामा विस्तार भएको भनिएको गोरखा अस्पताल विशेषज्ञसहितको चिकित्सक उपलब्ध छैन् ।

१५ श्यया क्षमताको आँपपिपल अस्पतालमा पनि दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीले स्तरीय स्वास्थ्य सेवा पाएका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij