२०८३ साउन ११ सोमबार

पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग

ई आर्थिक    बिहिबार, फाल्गुन ५ २०७३
5.2K
Shares
पुराना सवारी साधन हटाउन ७५ प्रतिशत सहुलियत माग

काठमाडौँ, ४ फागुन ।

यातायात व्यवसायीले २० वर्ष पुराना सवारी साधनलाई हटाई नयाँ ल्याउन ७५ प्रतिशतसम्म भन्सार र कर सहुलियत माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । पुराना सवारी साधन हटाएर नयाँ ल्याउँदा मुलुकको अर्बौं लगानी खेर जाने भएकाले सरकारसँग यस्तो माग गरिएको महासङ्घका अध्यक्ष डोलनाथ खनालले राससलाई जानकारी दिनुभयो ।

फागुन १७ गतेदेखि यातायात व्यवस्था विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरेको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले व्यवसायीका मागका विषयमा सरोकारवाला निकायसँग छलफल गरिने बताउनुभयो ।

यसअघि महासङ्घले फागुन २ गते उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि ज्ञापनपत्र बुझाई यस्तै माग गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij