२०८३ भाद्र २७ शनिबार

सिन्धुलीगढीको २५० औं विजयोत्सवमा २५० साइकल यात्री सहभागी हुने

ई आर्थिक    मंगलबार, फाल्गुन ३ २०७३
4.6K
Shares
सिन्धुलीगढीको २५० औं विजयोत्सवमा २५० साइकल यात्री सहभागी हुने
7काठमाडौं—समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा आगामी कात्तिक २४ गते मनाउने विजयोत्सवमा सहभागि गराउन काठमाडौंबाट २ सय ५० जना ब्यवसायिक साइकल यात्रीलाई लैजाने घोषणा गरेको छ । अभियानले सोमबार पत्रकार सम्मेलन गरी ‘राइड टु सिन्धुली’ नाम दिइएको साइकल यात्राको दर्ता खुल्ला गरेको छ । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले वीरता प्रदर्शन गरेको सम्झनामा हरेक बर्षको कात्तिक २४ गते विजयोत्सव मनाउने गरिएको छ । 
आगामी बर्ष सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको २ सय ५० बर्ष पुग्दैछ । समृद्ध सिन्धुली नागरिक अभियानले त्यस उत्सवलाई बर्षैभरि विशेष कार्यक्रमहरु गरेर मनाउने योजना बनाएको छ ।  साइकल यात्रा २०७४ कात्तिक २३, २४ र २५ गते तीन दिन हुनेछ । ‘साइकल यात्राको माध्यमबाट सिन्धुलीगढीलाई विश्वसामु परिचित गराउने हाम्रो उद्देश्य हो’, साइकल यात्राका संयोजक ढकालले भने, ‘यस्तो साइकलयात्रा हरेक बर्ष गर्ने हाम्रो योजना छ ।’ यात्रामा जान चाहनेले sindhuligadhi.comstorycycle.com मा आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
अभियानले गत कात्तिकमा भएको विजयोत्सवका बेला काठमाडौंबाट ८० जना ब्यवसायीक साइकल यात्रीलाई सिन्धुलीगढी लगेको थियो । 
‘राइड टु सिन्धुलीगढी’ लाई ब्रान्डिङ गरेर हरेक बर्ष ब्यवसायिक साइकलयात्रीलाई यस यात्रामा सहभागी गराउने समृद्ध सिन्धुली नागरिक अभियानले प्रयत्न गर्ने समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । ‘रमणीय वीपी राजमार्गहुँदै हुने साइकल यात्राको मनोरंजन लिन हामीले देशविदेशका साइकल यात्रीलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘हरेक बर्ष कात्तिक २४ मा हुने साइकल यात्रामा विदेशीलाई समेत सहभागी गराएर यस ऐतिहासिक स्थलको प्रबर्धन गर्ने हाम्रो योजना छ । उनले नागवेली सडक, सुनकोशी तिरैतिरको यात्राले साइकल यात्रीलाई छुट्टै रोमाञ्चक अनुभूति दिने बताए । 
साइकल यात्रामा पर्यटन बोर्डले सघाउने भएको छ । स्थानीय रुपमा सिन्धुलीगढी संरक्षण समितिले कार्यक्रमको प्रबन्ध मिलाउने छ । काठमाडौंबाट झण्डै १ सय ५३ किलोमिटर यात्रा साइकल यात्रीले तय गर्ने छन् । उनीहरुलाई पहिलो दिन सिन्धुलीको खुर्कोटमा राखेर भोलिपल्ट विहान विजयोत्सवमा सहभागि गराइने छ । त्यसपछि उनीहरु सिन्धुलीमाढीमा आयोजना हुने बृहद् सांस्कृतिक कार्यक्रममा सहभागी हुन पुग्नेछन् । त्यहाँ बास बसेर तेस्रो दिन साइकल यात्रीलाई काठमाडौं फर्काउने योजना छ । 
 
यसै अबसरमा सिन्धुलीगढीका अनुसन्धानकर्ता सागर ढकालद्वारा लिखित ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ पुस्तकको पनि बिमोचन गरिएको छ । उक्त पुस्तक सिन्धुलीगढी संरक्षण तथा सम्बर्धन समितिले प्रकाशन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij