२०८३ साउन ९ शनिबार

त्रिवि शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

ई आर्थिक    सोमबार, फाल्गुन २ २०७३
6.8K
Shares
त्रिवि शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

२ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ ।

ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै दुई जना युवाको समूहले बा २ च ५६६० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् । गाडीभित्र रहेकी शिक्षाध्यक्षलाई ओरालेर आगजनी गरिएको प्रहरीले जनाएको छ ।

उनी स्ववियु निर्वाचन समितिको संयोजक हुन्। फागुन १४ मा स्ववियु निर्वाचन घोषणा गरिएको छ । त्यही विषयमा आक्रोसित युवाले गाडी आगजनी गरेको हुनसक्ने प्रहरी अनुमान छ । त्रिपाठीका अनुसार स्ववियु चुनावलाई लिएर धेरै धम्की आउने गरेको थियो । त्यसैले बाटो परिर्वतन गरी हिड्ने क्रममा यूएन पार्क हुँदै कीर्तिपुर हिडेकी थिइन् ।

तर, यूएन पार्क अगाडि पुग्दा युवाहरुले बाटो छेकेर गाडीमा आगजनी गरेका छन् । ‘गाडी रोकेर ढोका खोल्यो। बाहिर निस्कनुस् भन्यो। पाखुरा समातेर तान्यो। ड्राइभरलाई पनि बाहिर निकाले। अनि आगोलगाइदिए’, उनले भनिन्।

आगजनी गर्न युवा दुई जना रहेको प्रत्यक्षदर्शीले बताएका छन्। ललितपुर प्रहरीका अनुसार सम्भावित हुलियाका आधारमा घटनाका दोषीको खोजी थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij