२०८३ साउन ९ शनिबार

इन्भेष्टमेन्ट बैंकबाट गायब भएको २३ लाख बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएपछी

ई आर्थिक    सोमबार, फाल्गुन २ २०७३
3.1K
Shares
इन्भेष्टमेन्ट बैंकबाट गायब भएको २३ लाख बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएपछी

२ फागुन, धनगढी । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको २३ लाख रुपैयाँमा २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा भेटिएको छ । बाँकी रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएको थियो ।

पैसा हराएदेखि नै शंकाको घेरामा रहेका कर्मचारी उपाध्यायसहित बैंकका सुरक्षा गार्डलाई प्रहरीले आइतबार पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरेका छन् । उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएका थिए । भाउजु नाता पर्ने जोशीको घरबाट प्रहरीले रकम बरामद गरेको एसपी अर्जुन चन्दले जानकारी दिए ।

पैसा हराएको जानकारी पाएपछि इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे हेलिकप्टर चार्टर गरी शनिबार धनगढी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij