२०८३ साउन १२ मंगलबार

ग्रामीण बैङ्क बने सामुदायिक वन

ई आर्थिक    आइतबार, फाल्गुन १ २०७३
5.5K
Shares
ग्रामीण बैङ्क बने सामुदायिक वन

१ फागुन, म्याग्दी (बेनी) । म्याग्दीका दुर्गम गाउँ बस्तीमा सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाको रूपमा लोकप्रियता कमानउन थालेका छन् ।

वन कार्यालयका अनुसार जिल्लामा गठन भएका दुई सय ५७ वटा सामुदायिक वन उपभोक्ता समूहले रु एक करोड, ८० लाख २० हजार ५६० को कोष खडा गरी विभिन्न क्षेत्रमा ऋण लगानी गरेको हो ।

सामुदायिक वन समूहले यसवर्ष आफ्नो आम्दानीको ६० प्रतिशत भन्दा बढी रु एक करोड, तीन लाख ५९ हजार ९०० न्यून ब्याजदरमा आफ्ना सदस्यलाई ऋण प्रवाह गरेको छ ।

गरिब लक्षित सो कार्यक्रमअनुसार बाख्रापालन, टिमुरखेती, हलोजुवा कार्यक्रम, तरकारीको बीउ उत्पादन, भँैसीपालन, डेरी उद्योगलगायतका क्षेत्रमा ऋण लगानी गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

जिल्लाभरका सामुदायिक वन उपभोक्ता समितिले समाजमा आवश्यक सबै क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको बताइएको छ ।

वन उपभोक्ता समूहले आर्थिकस्तर हेरेर वार्षिक ६ देखि १८ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । यसरी प्रवाह गरिएको ऋण लगानी ८० प्रतिशत सुरक्षित रहेको बगरफाँट सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij