२०८३ साउन ९ शनिबार

मलेसियामा एक नेपालीको मृत्यु

ई आर्थिक    शुक्रबार, माघ २८ २०७३
6K
Shares
मलेसियामा एक नेपालीको मृत्यु

२८ माघ, राजविराज । वैदेशीक रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरी बेलीचपेनाका एक युवा धर्मेन्द्र मण्डलको मृत्यु भएको छ ।

बेलीचपेना–३ घर भएका २४ वर्षीय मण्डल रोजगारीको सिलसिलामा तीन वर्षअघि मलेसिया पुगेका थिए ।

मलेसियाको पेनाङस्थित ग्लोबल ‘फर सक्सेस फुड’ कम्पनीमा मण्डल कार्यरत थिए ।

उनको कुन कारणले कसरी मृत्यु भएको खुल्न नसकेको बताइएको छ । यसअघि १० दिन अगाडि सप्तरीकै एक व्यक्तिको पनि साउदी अरेबियामा मृत्यु भएको थियो ।

दुबै मृतकका परिवारले शव नेपाल ल्याइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij