२०८३ भाद्र २७ शनिबार

फागुन ३ देखि अन्तर्राष्ट्रिय महिला उद्यमी मेला शुरु

ई आर्थिक    शुक्रबार, माघ २८ २०७३
4.4K
Shares
फागुन ३ देखि अन्तर्राष्ट्रिय महिला उद्यमी मेला शुरु

२८ माघ, काठमाडौँ । महिला उद्यमी महासघङ्घले आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्नेभएको छ ।

महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले व्यापार मेला आयोजना गर्न लागिएको महासङ्घका उपाध्यक्ष शारदा रिजालले जानकारी दिनुभयो ।

मेलामा हस्तकला, पहिरनका सामान, कृषि उत्पादन, शैक्षिक सामग्री प्रदर्शनीमा राखिनेछ । महिला उद्यमीको श्रम, सीप र लगानीको पहिचान स्थापना गर्न मेलाले सहयोग पु¥याउने विश्वास लिइएको महासङ्घकी महासचिव शोभा ज्ञवालीले बताउनुभयो ।

एक सय ५० भन्दा बढी व्यापार कक्ष राखिने सो मेलामा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) तथा युरोपेली मुलुकका गरी ५० जनाभन्दा बढी महिला उद्यमीको सहभागिता रहनेछ । भद्रकालिस्थित आर्मी अफिसर क्लबमा गरिने मेलामा करिब एक लाख व्यक्तिले अवलोकन गर्ने तथा रु पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ । अवलोकन गर्न रु ५० शुल्क तिर्नुपर्ने महासङघले जनाएको छ

नेपाली उत्पादनलाई अन्तर्राष्टिय बजारमा प्रवद्र्धन गर्न मेलाबाट सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij