२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको २६ करोड थान नयाँ नोट छपाइ गर्ने भएको छ ।
नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनलाई जिम्मेवारी दिएको राष्ट्र बैंकले जनाएको छ ।
बोलपत्र आह्वान गर्दा सबैभन्दा कम दर प्रस्ताव गरेकाले चाइना बैंक नोटलाई जिम्मेबारी दिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकका अनुसार नोट छपाइका लागि सम्झौता भइसकेको छ ।