२०८३ साउन ९ शनिबार

दुईसय वर्ष पुरानो सतिपानी संरक्षणको पर्खाइमा

ई आर्थिक    बुधबार, माघ २६ २०७३
4.4K
Shares
दुईसय वर्ष पुरानो सतिपानी संरक्षणको पर्खाइमा

२६ माघ, बेनी (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिकास्थित घतानको सतिपानी संरक्षणको पर्खाइमा छ ।

करिब २०० वर्ष अगाडि कुइनेमङ्गलेका एक व्यक्तिको निधन भएपछि पौलस्त्य क्षेत्रमा रहेको घाटमा दाहसंस्कार गर्न ल्याउँदै गर्दा (हाल पानी भएको ठाउँमा) बास बसेको र मलामीलाई पानी प्यास लागेपछि पानीको मूलको कामना गरेपछि मूलको उत्पत्ति भएको किम्वदन्ती रहेको छ ।

पानीको मुहान नजिक रहेको पोखरीको पानी जति थुनेपनि बाहिर जान नरोकिने र सोही पोखरीबाट बाहिर गएको पानीले ८० रोपनी जमिनलाई सिँचाइको सुविधा पुगेको स्थानीयको भनाइ छ । पानीको मुहान र पोखरी संक्षणका लागि सतिपानी संरक्षण समितिले बेनी–अर्थुङ्गे–घतान हँुदै झिँपाखापानी सडकखण्ड नजिक महिला सामुदायिक वन तुसारेपानीमा पर्ने सतिपानी क्षेत्रमा पुग्ने सडक समेत निर्माण गरे पनि अन्य भौतिक पूर्वाधारका काम गर्न सकेको छैन ।

समितिका अध्यक्ष कुइनेमङ्गलेका तसमान छन्त्यालले विगतमा केही काम नभए पनि मन्दिर, धर्मशाला, स्वागतगेटसहित अन्य भौतिक पूर्वाधारका काम गरिने बताउनु हुन्छ ।

दुईसय वर्ष पुरानो इतिहासलाई जोगाउन मूल आसपासको जमिनलाई घेराबन्दी गरी धार्मिक क्षेत्रका रुपमा समेत विकास गर्ने योजना रहेको छ ।

छन्त्याल जातिले ंसंरक्षणका लागि सक्रियता देखाएपछि स्थानीय समेत उत्साहित थिए । तर अपेक्षा गरेअनुसार पूर्वाधार विस्तार नभएको बताउँछन् स्थानीयवासी । संरक्षणका लागि स्वदेश तथा विदेशमा रहेका छन्त्यालबाट सहयोगको सङ्कलन समेत गरेको समितिले जनाएको छ ।

सतिपानीले महिलाको शक्तिलाई समेत दर्शाउने भएकाले सरकारी निकायबाट समेत सहयोगको अपेक्षा गरेपनि पर्याप्त मात्रामा सहयोग पुगेको छैन । एक महिलाले आफ्ना स्वर्गीय पतिका लागि गरेको त्याग र शक्तिलाई वर्तमान अवस्थामा प्रचारप्रसार गर्नु आवश्यकता देखिएको स्थानीय महिलाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij