२०८३ भाद्र २७ शनिबार

काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छः नेता बस्नेत

ई आर्थिक    मंगलबार, माघ २५ २०७३
5.2K
Shares
काम नगर्ने उपभोक्तालाई कारबाई गर्नुपर्छः नेता बस्नेत

२५ माघ, जाजरकोट । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले काम नगर्ने तर ठाउँ मात्र ओगट्ने उपभोक्ता समितिलाई कारबाई गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज जाजरकोटको सदरमुकाममा आयोजित बहुक्षेत्रीय पोषण योजना अभिमुखीकरण कार्यक्रममा उहाँले भन्नुभयो — बजेट पाएर पनि काममा आनाकानी गर्ने जोसुकैलाई पनि कारबाई गर्न सक्नुपर्दछ ।

नेता बस्नेतले आवश्यकता, चाहना र सम्भावनाका आधारमा काम गर्न सकेमा मात्र जनताले विकासको अनुभूति प्राप्त गर्ने बताउँदै विकासको काममा अवरोध नगर्न सबैमा आग्रह गर्नुभयो ।

कामै नगरी बजेट सक्ने गरेको जनगुनासो सुनिएका कारण अब त्यस्ता बदमासी गर्नेलाई कारवाही गर्नुपर्ने उल्लेख गर्दै उहाँले रिम्ना छेपारे सडक अबको दुई महिनाभित्र सकिने र अन्य दर्जन ठाउँमा टेन्डरको तयारीमा रहेका कारण यहाँको विकासमा अब गति लिने छ भन्नुभयो ।
नेता वस्नेतले गुणस्तरीय काम गर्नका लागि आवश्यक वातारण तयार गर्न आग्रह गर्दै जिल्लाका दर्जनौँ ठाउँमा ठूला सिँचाइका योजना सञ्चालनको तयारीमा रहेका कारण अब जिल्लाको खाद्यान्न उत्पादन दर बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij