२४ माघ, कालिकोट । संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले ३१ वर्षदेखि निर्माणधिन कोटबाडा विमानस्थलको परीक्षण उडानका लागि निरीक्षण भ्रमण गर्नुभएको छ ।
विमानस्थल निर्माण कार्यको प्रगति र परीक्षण उडानका लागि भएका कार्यको अनुगमन गर्न निरीक्षण भ्रमण गर्नुभएको हो । केही दिन अघी उहाले विमानस्थल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिनुभएको थियो ।
मन्त्रीसँगै नेपाल वायु सेवा निगमका पाइलट, निगमका सहायक म्यानिजिङ्ग डाइरेक्टर लगाएतले कोटबाडा विमानस्थलको स्थलगत निरीक्षण गर्नुभयो ।
विगत ३१ वर्षदेखि बन्न नसकेको कोटबाडा विमानस्थल आफू मन्त्री भएपछि पहिलो प्राथामिकतामा राख्दै आएको मन्त्री शाहीले बताउनुभयो । निरन्तर कार्य प्रगतिको अनुगमन गर्दै आएकाले कोटबाडा विमानस्थलमा छिट्टै परीक्षण उडान भरिने विमानस्थल निर्माण कार्यका सुपरभाइजर गणेश विष्टले बताउनुभयो ।
पर्यटन तथा नागरिक उड्यन मन्त्रीको निरिक्षण भ्रमणपछि कोटबाडा विमानस्थलमा परीक्षण उडान गर्ने र त्यसको केही दिनमा औपचारिक उद्घाटन गरिने भएको छ । त्यसको केही दिनमा वायुसेवा निगमले नियमित उडान गर्ने तयारी रहेको छ ।
लामो समयदेखि निर्माणधिन विमानस्थलको पर्यटन तथा नागरिक उड्यन मन्त्री शाहीले निर्माण कार्यको प्रगतिका विषय ६ महिनाको अवधिमा तिन पटक निरीक्षण गरिसक्नु भएकोछ ।